राप्तीसोनारी : बाँकेको राप्तीसोनारी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयक र आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको छ । ११ औं गाउँसभाको तेस्रो वैठकबाट मंगलवार विनियोजन विधेयक र आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको हो । सभा अध्यक्ष तप्त बहादुर पौडेलले दुबै विधेयक सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए । छलफलमा वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारु, वडा नम्बर ९ का वडा अध्यक्ष सोहनलाल थारु, वडा नम्बर १ का वडा सदस्य भरत बुढाथोकी लगायतले भाग लिएका थिए ।
असार १० गते सुरु भएको गाउँसभामा अध्यक्ष पौडेलले १४ गते नीति कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त वैठकमा नीति कार्यक्रम पारित गर्दै आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गरिएको थियो । उपाध्यक्ष मनिषासिंह थारुले विनियोजन विधेयक र आर्थिक विधेयक प्रस्तुत गरेकी थिइन् । उनले ८ करोड ३१ लाख ४ हजारको बजेट गाउँसभामा पेश गरेकी थिइन् । असार १० गते एमालेका जनप्रतिनिधिहरुले गाउँसभा बहिष्कार गरेपछि गर्णपूरक संख्या नपुगेको कारण बैठक स्थगित भएको थियो । दोस्रो वैठक १४ गते बसेको थियो । ११ औं गाउँसभाबाट न्यायिक समिति पनि गठन भएको छ । उपाध्यक्ष संयोजक रहने न्यायिक समितिमा दुई जना सदस्य गाउँसभाबाट चुनिएका हुन् । बहुमतका आधारमा न्यायिक समिति सदस्यमा शेरबहादुर विक र सुशिला विक चयन भएका छन् ।
