(Friday 30th of October 2026)
`

नेपालगन्ज–कोहलपुर सडक खण्डमा बृहत बृक्षारोपण

  • सगरमाथा गन्तब्य
  • 7.2K
    SHARES

    कोहलपुर : नेपालगन्ज–कोहलपुर सडक खण्ड अन्तर्गत कोहलपुरमा सोमबार बृहत रुपमा बृक्षारोपण गरिएको छ । बृक्षारोपनको लुम्बिनी प्रदेशका वन वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्र बहादुर हमालले उद्घाटन गर्नुभएका हुन् ।
    ‘हरित सडक लुम्बिनी प्रदेशको पहिचान’ भन्ने नाराका साथ गरिएको बृक्षारोपन कार्यक्रमलाई सम्बोधन गर्दै उनले लुम्बिनी प्रदेश सरकारले ‘हरित सडक’ बनाउने अभियान अन्तर्गत सडक किनार र डिभाइडरमा बृक्षारोपण गर्ने अभियान थालेको बताउनुभयो । उहाँले रोपिएका विरुवाहरुको संरक्षण गर्नु राज्यको मात्र नभई स्थानीयबासीको पनि दायित्व भएको धारणा राख्नुभएको थियो ।
    यस्तै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले बृक्षारोपण गर्ने तर त्यसको संरक्षणमा पहल नगर्ने प्रवृत्तिलाई स्थानीय सरकारले निरुत्साहित गर्ने बताउनुभयो । रोपिएका विरुवा संरक्षण गर्नमा नगरबासीको ध्यानाकर्षण गराउनुभएको थियो । कोहलपुर नगरलाई हरित नगरका रुपमा विकास गर्ने योजना रहेको आचार्यले सुनाउनुभयो ।
    सो क्रममा डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णले प्रदेश सरकारको लगानीमा कोहलपुर–नेपालगन्ज सडकखण्ड अन्तर्गत पर्ने वडा नम्वर ८, ९ र १४ मा ८ सय ५६ वटा छतिवन जातका विरुवा रोपिएको जानकारी दिनुभएको थियो । ती विरुवा संरक्षणका लागि कार्यालयले तारवार गरेको बताउनुभयो ।
    सहायक वन अधिकृत गणेश खड्काका अनुसार कार्यक्रममा बाँकेका एसपी श्यामकृष्ण अधिकारी, कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदी, मन्त्रालयका महाशाखा प्रमुख नारायणदेव भट्टराई, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, वडा नम्वर ८ का वडा अध्यक्ष लालबहादुर राना, वडा नम्वर ९ का अध्यक्ष ओपेन्द्रनाथ योगी, १४ का वडा अध्यक्ष नमबहादुर आले, हरित अभियन्ता एवम् कपास विकास समिति खजुरा बाँकेका अध्यक्ष हेमन्तराज काफ्ले, संरक्षणकर्मी, स्थानीय बासिन्दा, सञ्चारकर्मी, डिभिजन वन कार्यालय बाँकेका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology