(Friday 30th of October 2026)
`

ई–रिक्सा व्यवस्थापनमा उपमहानगरपालिकाको जोड

  • सगरमाथा गन्तब्य
  • 10.4K
    SHARES

    नेपालगन्ज  : बाँकेको नेपालगन्ज उपमहानगरपालिका भित्र सञ्चालनमा रहेका इ–रिक्साहरुलाई यही साउन १५ गतेभित्र सूचीकृत गराउँन नेपालगन्ज उपमहानगरपालिकाले निर्णय गरेको छ । ई–रिक्सा व्यवस्थापनका विषयमा सोमवार सरोकारवालासंग गरिएको छलफल अनुसार नगरभित्र सञ्चालनमा रहेका सबै ई–रिक्सा यही साउन १५ गतेभित्र सूचीकृत गर्ने निर्णय गरिएको हो ।
    नेपालगन्ज उपमहानगरपालिकाले सरोकारवालाहरुसंग गरेको छलफलमा नगरमा सञ्चालित इ–रिक्साहरुको तथ्याङक राखेर नियमन गर्ने, जथाभावी गरिने पार्किङलाई व्यवस्थित बनाउने, उचित भाडादर कायम गरी कार्यान्वयन गर्ने, रुट छुट्याउने लगायतका बारेमा मन्थन भएको थियो ।
    “नागरिकले दुःख नपाउने गरी ई–रिक्साहरुको उचित व्यवस्थापन गर्न सबै सरोकारवालाहरु गम्भीर बन्नुपर्ने नेपालगन्जका नगरप्रमुख प्रशान्त विष्टले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकामा भित्र रहेको हजारौ ई–रिक्साहरु व्यवस्थापनमा एक्लैले गर्न सम्भव नभएकाले यसलाई व्यवस्थापन गर्न सबै सरोकारवालाहरुको भूमिका आवश्यक छ, नगरप्रमुख विष्टले भन्नुभयो । उहाँ भन्नु हुन्छ “जनताले दुःख नपाउने गरी ट्राफिक व्यवस्थापनमा कठोर बन्नुपर्ने जरुरी भइसकेको छ” ।
    विष्टले ट्राफिक व्यवस्थापनका विषयमा गम्भीररुपमा छलफल प्रारम्भ भएको बताउँदै अब समिति बनाएरै यसबारे विस्तृत अध्ययन गर्ने र विभिन्न विकल्पहरुमा छलफल गरी समाधानका उपाय निकालिने बताउनुभयो । नेपालगन्जका नगर भित्रका हजारौ इ–रिक्सा व्यवस्थापन नभएकाले नै नगरको मुख्य टाउको दुःखाईको विषय भएको बताउँदै नेपालगन्ज नगर उपप्रमुख कमरुद्दिन राईले उचित व्यवस्थापनका लागि सबैको हातेमालो जरुरी रहेको औल्याउनुभएको छ ।
    जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले इ–रिक्सा नगरको ठूलो समस्याको रुपमा रहेको बताउँदै निश्चित पार्किङ क्षेत्र तोकेर कतिपय व्यस्त ठाउँमा निश्चित समयका लागि चार पाङ्ग्रे र तीन पाङ्ग्रे साधनलाई निषेध वा एकतर्फी सञ्चालन गर्नुपर्ने प्रस्ताब गर्नुभयो । उहाँले ट्राफिक व्यवस्थापनका लागि उपमहानगरपालिका समक्ष लिखित प्रस्ताब समेत पेश गर्नुभएको थियो ।
    छलफलमा ठेला, ई–रिक्सा र फुटपाथ व्यवस्थापनका विषयमा सरोकारवालाहरुले आ–आफ्नो धारणा राखेका थिए । छलफलमा नेपालगन्ज उद्योग बाणिज्य संघका बाँकेका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना, महासचिव चिरञ्जिवी वली, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक रिपेन्द्र कुमार सिंह, नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटी, ठेला एवम् ई–रिक्सा सम्बद्ध विभिन्न युनियनका प्रमुख एवम् प्रतिनिधिहरु, नेपालगन्ज उपमहानगरपालिकाको राजश्व शाखा प्रमुख विरबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology