(Friday 30th of October 2026)
`

पत्रकारिता पेशालाई मर्यादित र अनुशासित बनाउन आवश्यक

  • सगरमाथा गन्तब्य
  • 7.1K
    SHARES

    नेपालगञ्ज – पत्रकारिता पेशालाई मर्यादित र अनुशासित बनाउन आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
    नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको सहयोगमा बाँकेको कोहलपुरमा आइतवार सम्पन्न मिडिया साक्षरता अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । पत्रकारिता समाज रुपान्तरणको महत्वपूर्ण माध्यम भएपनि पछिल्लो समय पत्रकारिता पेशा अनुशासित र मर्यादित हुन नसकेमा उनीहरुको चिन्ता थियो । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले पत्रकारिता निष्पक्ष र मर्यादित हुनुपर्ने बताउनुभयो ।


    पत्रकार महासंघ लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष शुक्रऋषि चौलागाइको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदी, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साह, काँग्रेस बाँकेका उपसभापित कृष्ण कार्की, कोहलपुरका डिएसपी ऐनबहादुर मल्ल, पत्रकार महासंघ बाँकेका कार्यबाहक अध्यक्ष करुणा शाह, प्रेस युनियनका अध्यक्ष अर्जुन वली, प्रेस सेन्टरका अध्यक्ष डक्ट धिताल लगायतले बोल्नुभएको थियो । बाँके र बर्दियाका पत्रकारहरुलाई क्षमता अभिबृद्धि कार्यक्रमको आयोजना गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology