नेपालगन्ज : सुनचाँदी व्यवसायीहरुले कतिपय अव्यवहारिक नीति नियमका कारण आफुहरुले समस्या झेल्नु पर्दै आएको नेपालगन्जका सुनचाँदी व्यवसायीहरुले बताएका छन् । नेपालका सुनचाँदी व्यवसायीहरुले सुनचाँदी व्यवसायलाई सरकारी मान्यताको रुपमा चलाउनको लागि स्पष्ट कानून नहुँदा थुप्रै समस्या झेल्दै सास्ती खेप्न बाध्य भएको नेपालगन्जका सुनचाँदी व्यवसायीहरुको गुनासो रहेको छ ।
नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेको छैठो साधारण सभा नेपालगन्जका सुन चाँदी व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् ।
नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेकोे आयोजनामा शनिवार गरिएको छैठो साधारण सभा उदघाटन समारोहमा बोल्ने अधिकांश व्यवसायी अगुवाहरुले भने हामी कतिपय अव्यवहारिक नीति नियमका कारण आफुहरुले समस्या झेल्नु परेको बताएका हुन । कोही बिना बिल ल्याएर मेरो श्रीमती वा श्रीमान बिरामी छ वा अनेकौ समस्या ल्याएर आउने भएकाले हामीलाई एकदमै उल्झनमा परेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
अधिकांश व्यवसायीले सरकारले अनुगमन र परिक्षणका नाममा व्यवसायीहरुलाई आनाहकमा दुख दिने गरेको बताएका छन् । स्थानीय प्रहरी प्रशासनले यस बिषयमा अनुगमनमा कडाई गर्न व्यवसायीहरुले आग्रह गरेका छन् । नेपालगन्जका सुन चाँदी व्यसायीहरुले माग बमोजिमको सुन नपाएको गुनासो लामो समयदेखि गर्दै आएको जनाएका छन् ।
सलाउद्दिन जसगढको अध्यक्षतामा भएको साधारणसभा कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, विभिन्न जिल्लाका सुनचाँदी व्यवसायी तथा पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सुनचाँदी व्यवसायी संघलाई सहयोग पु¥याउने दर्जनबढि व्यवसायीलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।
