(Friday 30th of October 2026)
`

नेपाल युवा क्लबको दोश्रो साधारणसभा सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 9.8K
    SHARES

    नेपालगन्ज : नेपाल युवा क्लव बाँकेको दोश्रो साधारणसभा, प्रथम अधिबेशन तथा सम्मान कार्यक्रम शनिवार नेपालगन्जमा सम्पन्न भएको छ । क्लबका केन्द्रिय अध्यक्ष मोहसिन हल्वाईको प्रमुख आतिथ्यतामा भएको साधारणसभा तथा अधिबेशन कार्यक्रमको अध्यक्षता मुबशिशर कैयुमले गर्नुभएको थियो ।
    नेपाल युवा क्लवको संस्थागत विकास तथा सामाजिक विकासका लागि योगदान पु¥याएको भन्दै क्लवका प्रेस सल्लाहकार सकिल अहमद कादरी र भगतराम थारुलाई सम्मान गरिएको छ । क्लवलाई निरन्तर सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको अध्यक्ष हल्वाईले जानकारी गराउनुभएको छ ।
    साधारणसभा तथा अधिबेशन कार्यक्रममा नेपालगन्ज वडा नं. ४ का वडा अध्यक्ष गोपाल पुन, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख रिपेन्द्र सिंह लगायत ८ वडा स्थानिय तहका क्लवका पदाधिकारहरुको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology