(Friday 30th of October 2026)
`

लुम्बिनी प्रदेशका ५० जना पत्रकारलाई क्षमता विकास तालिम

  • सगरमाथा गन्तब्य
  • 6.9K
    SHARES

    नेपालगन्ज : फोटो र भिडियोमा दक्ष बनाउने उद्देश्यका साथ लुम्बिनी प्रदेशका ५० जना पत्रकारलाई क्षमता विकास तालिम दिईएको छ ।
    प्रदेशका १२ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी सहभागीहरु छनोट गरी ४ दिने फोटो तथा भिडियो पत्रकारिता तालिम दिईएको हो ।
    तालिमको प्रशिक्षकमा विकास कार्की र मनोज पौडेल रहनुभएको थियो । सोमबार बर्दियाको ठाकुरद्धारामा तालिमको समापन गर्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष बसन्त गिरीले सहभागी पत्रकारलाई धन्यबाद सहित प्रमाण–पत्र हस्तान्तरण गर्नुभयो ।
    फोटो तथा भिडियो पत्रकारिता तालिम संञ्चालनका लागी लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा संञ्चार मन्त्रालय, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र संम्बन्धित जिल्ला शाखाहरुले समन्वय, सहकार्य गरेका हुन ।
    नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष यमनाथ घिमिरेका अनुसार अब फिचर लेखन सम्बन्धिको अर्को तालिम यही असार १० देखी १३ गते सम्म दाङ्गको भालुबाङ्गमा हुदैछ ।
    यो बर्ष विकास पत्रकारिता, फोटो तथा भिडियो, फिचर लेखन, अनलाइन गरी प्रदेशका ३ सय जना पत्रकारलाई क्षमता विकासको तालिम प्रदान गर्ने कार्यक्रम रहेको कोषाध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology