(Friday 30th of October 2026)
`

पोषण सम्वन्धी ५ दिने तालिम डुडुवामा शुरु

  • सगरमाथा गन्तब्य
  • 6.9K
    SHARES

    डुडुवा : बृहत पोषण विशेष कार्यक्रम सम्वन्धी ५ दिने तालिम बाँकेको डुडुवामा शुरु भएको छ । डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्धारा आयोजित तालिममा डुडुवाका सवै स्वास्थ्य चौकी अन्र्तगतका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।
    तालिममा पोषण, सुत्केरीको खाना, गर्भवतीको स्याहार, कुपोषणबाट बच्ने उपाय, बालबालिकाको स्याहार, स्वास्थ्य सरसफाई, खानाको मात्रा लगायतका बारेमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, सह संयोजक विरेन्द्र घलेले सहजीकरण गरिरहनु भएको छ ।
    डुडुवामा गत आर्थिक वर्ष २०७७।०७८ मा १५३ जना कुपोषित बालबालिकाहरु रहेका छन । त्यसमा २४ जना नयाँ जोखिम कुपोषित बालबालिका रहेका छन भने अति जोखिम नया ५ जना कुपोषित बालबालिका रहेको स्वास्थ्य शाखाले जनाएको ।
    गत आर्थिक २०७८।०७९ मा १५० जना कुपोषित बालबालिका मध्ये १६ जना नयाँ र ४ जना अति जोखिम कुपोषित बालबालिका रहेको स्वास्थ्य शाखाका सिताराम चौधरीले बताउनु भयो । यो तालिम दुई चरणमा गरिनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology