(Friday 30th of October 2026)
`

बर्दियाको मधुवनमा गोली चल्यो, एकको मृत्यु

  • सगरमाथा गन्तब्य
  • 11.6K
    SHARES

    बर्दिया : बर्दियाको मधुवन नगरपालिकामा प्रर्दशनकारी र प्रहरीविच झडप हुदा एक जनाको मृत्यु भएको छ । बर्दिया मधुवनमा बाघको आतंकले बारम्बार स्थानियलाई घाइते बनाउँदा सोमवार स्थानिय आक्रोशित भएका थिए । आक्रोशित स्थानियलाई नियन्त्रण गर्न खोज्दा प्रहरीले गोली समेत चलाएको थियो । प्रहरीको गोलीबाट एक जना स्थानियको मृत्यु भएको छ ।
    बर्दियामा बाघको आतंक बढेपछि सुरक्षाको माग गर्दै स्थानीयहरु प्रर्दशनमा उत्रिएका हुन सुरक्षाको माग गर्दै बिरोधमा उत्रिएका मध्य १ जनाको मृत्यु भएको स्थानियले बताएका छन् । बर्दियाको मधुवनमा स्थानीय र प्रहरीबीच झडप हुँदा स्थानीय १ महिलाको मृत्यु भएको हो । प्रहरीले भीड नियन्त्रणमा लिन दर्जनौं अश्रुग्यास प्रहार गरेको छ भने स्थानीय घाइते भएका छन । बाघको आक्रमण बढेपछि मधुवन–२ चमेली गौडी सामुदायिक वनका अध्यक्ष कालीराम थारुको नेतृत्वमा चक्काजाम गरिएको थियो । चक्काजाम भएपछि गुलरिया–राजापुर सडकखण्ड अबरुद्ध भएको थियो । अहिले सो क्षेत्रको स्थिती तनावग्रस्त रहेको स्रोतले जानकारी दिएको छ । थप जानकारी आउन बाँकी रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology