नेपालगन्ज : गर्मी बढेसंगै नेपालगन्जका अस्पतालहरुमा पनि विरामी बढ्न थालेका छन् । भेरी अस्पताल नेपालगन्ज, मेडिकल कलेज, रामजानकी, वेष्र्टन लगायतका अस्पतालमा चर्को घामका कारण बिरामी हुनेको संख्या बढ्न थालेको हो । नेपालगन्जको चर्को गर्मीका कारण बाँके लगागत नेपालगन्जको अस्पतालहरुमा मौषमी विरामी देखा परेका हुन् ।
गर्मी बढेसँगै नेपालगन्जमा अस्पतालहरुमा ज्वरो, झाडा पखाला, टाउको र पेट दृख्ने, रिगटा लाग्ने, वान्ता आउने लगायतका विरामी आउन थालेका छन् । चर्को गर्मीको कारण अस्पतालमा उपचार गराउन आउने विरामीको संख्या समेत बढ्दै गएको छ ।
मौसम परिवर्तनसंगै रुघाखोकी तथा ज्वरोका विरामीहरु अस्पतालमा धेरे आउने गरेको भेरी अस्पतालले जनाएको छ । गर्मीको कारण अस्पतालमा छाला, एलजी, रुघाखोकी र ज्वरोका विरामीहरु बढेको चिकित्सकहरु बताउँछन् । नेपालगन्जमा गर्मी बढेसंगै स्वास्थ्यमा उच्च जोखिम देखिएकोले चिकित्सकहरुले गर्मीयाममा जथाभावी बाहिर नहिँड्न, हिँड्नै परे शरीर छोपिने कपडा लगाउन र पर्याप्त मात्रामा पानी पिउन, पानीको मात्रा अधिक भएको फलफुल खाने समेत सुझाव दिएका छन् ।
