बसगढी : कोहलपुरबाट धनगढी तर्फ जादै गरेको विंगर गाडी दुर्घटना भएको छ । विंगर कोहलपुरदेखि पश्चिम तर्फ जादै गरेको थियो भने विपरित दिशाबाट अटो रिक्सा आउदा एक आपसमा ठोक्किएको थियो ।
अटो र विंगर बर्दिया बाँसगढी नगरपालिका केदारेश्वर धाम नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा परी भे १ ह १४६ नम्बरको अटोका चालक सहित एक जना यात्रु गम्भीर घाइते हुनुभएको छ ।
