(Friday 30th of October 2026)
`

बाँकेमा ८ वर्षमा ३७३ वन्यजन्तुको गाडीको ठक्करबाट मृत्यु

  • सगरमाथा गन्तब्य
  • 9.3K
    SHARES

    नेपालगन्ज : बाँकेमा ८ वर्षमा ३७३ वन्यजन्तुको गाडीको ठक्करबाट मृत्यु भएको छ । निकुञ्ज हुदै हिड्ने गाडीको ठक्करबाट ३७३ बन्यजन्तुको मृत्यु भएको हो ।
    १९ कार्तिक ०७९ मा गाडीको ठक्करबाट चंगाइ नाला नजिकै चितुवाको मृत्यु भयो । २८ असोज ०७७ मा खैरीमा र ७ माघ ०७७ मा देउराली पोस्ट् नजिक लोपोन्मुख चौकाको ज्यान गयो ।
    पूर्व–पश्चिम राजमार्ग र रत्नराजमार्गमा पर्ने बाँके निकुञ्ज क्षेत्रमा वन्यजन्तु आवतजावतमैत्री संरचना नभएका कारण बर्सेनि औसत ४७ र मासिक औसत ४ वटा वन्यजन्तुको गाडीमा ठक्कर लागेर मृत्यु हुने गरेको छ । निकुञ्जमा गाडीको ठक्करबाट चितुवा र चौका मात्र होइन, सबै खालका वन्यजन्तुको अकालमै ज्यान जाने गरेको छ ।
    बाँके निकुञ्जका प्रमुख श्यामकुमार साहका अनुसार आर्थिक वर्ष ०७१ र ७२ देखि चालु आर्थिक वर्षको जेठ तेस्रो सातासम्म तीन सय ७३ वन्यजन्तुको दुर्घटनाबाट मृत्यु भइसकेको छ । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग ७२ किलोमिटर लामो छ । त्यस्तै रत्नराजमार्गमा पर्ने कोहलपुरदेखि बबईसम्मको राजमार्गको लम्बाइ ३० किलोमिटर पर्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology