(Friday 30th of October 2026)
`

बर्दियाको जब्दीघाट पुल ठेकेदारकै खर्चमा बनाइदै

  • सगरमाथा गन्तब्य
  • 10.4K
    SHARES

    गुलरिया : बर्दियाको गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमा भासिएको जब्दीघाट पुल ठेकेदारकै खर्चमा बनाउने भएको छ ।
    केही बर्ष अगाडी हस्तान्त्रण नहुदै बर्षातका कारण पुल भासिएको थियो । डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसीका अनुसार निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनकै खर्चमा पुलको त्रुटी सच्याउने कार्य सुरु भएको हो । निर्माण कम्पनीले पुलको भासिएको जग अर्को बनाउने र पानीको सतह कम भएको बेला पुल माथि उठाउने बताउनुभयो । ‘तलको फाउन्डेसनको काम वर्षायाम सुरु हुनु अगाडि नै हुनेछ’ उहाँले भन्नुभयो ‘नदीमा पानी बढयो भने वर्षापछि पुलको अरु काम हुनेछ ।’
    हाल बबईको पानी डाइभर्सन गरिएको छ । पुलको पाइलिङ कम्पेसन अन्तर्गत १६ मिटर खाडल खनेर बनाइएको जगमा पिलर ठाडो पारिनेछ । पिलरमाथि भासिएको प्लेटलाई क्रेनबाट उठाएर राखिने निर्माण कम्पनीले जनाएको छ । कूल १६ करोड ६८ लाख रुपैयाँको लागतमा बनेको उक्त पुल २०७४ साउनमा आएको बाढीबाट हस्तान्त्रण नहुँदै भासिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology