(Friday 30th of October 2026)
`

नेपालगन्जमा साइकल लेन बनाइने : मेयर विष्ट

  • सगरमाथा गन्तब्य
  • 6.1K
    SHARES

    नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्जमा साइकल लेन बनाउने कामको सुरुवात गर्ने बताउनुभएको छ ।
    नेपालगन्ज साइक्लिङ क्लबले विश्व साइकल दिवसका अवसरमा आयोजना गरेको साइकल ¥यालीको शुक्रवार विहान शुभारम्भ गर्दै नगर प्रमुख विष्टले आगामी आर्थिक बर्षमा तत्काल थोरै भएपनि साइकल लेन बनाउन सरोकारवालासंग छलफल गरेर बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
    उहाँले साइक्लिङ मार्फत् स्वस्थ जनशक्ति पैदा हुँदा राज्यलाई फाइदा हुने बताउनुभयो । प्रदुषणरहित वातावरणका लागि पनि साइकल चलाउन जरुरी रहेको भन्दै उहाँले विश्वव्यापीरुपमा देखिएको इन्धन संकट टार्न साइकल उपयुक्त साधन भएको उल्लेख गर्नुभयो । नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले नेपालगन्जमा साइकल लेन बनाउन जरुरी रहेको भन्दै नगर प्रमुख विष्टको ध्यानाकर्षण गराउनुभएको थियो ।
    नेपालगन्ज उपमहानगरपालिका कार्यालय अगाडिबाट शुरु भएको साइकल ¥याली पुष्पलाल चोक, बसपार्क, कान्ति ताल, हडियाबाबा मन्दिर हुँदै भेरी अस्पताल परिसरस्थित रक्तसञ्चार केन्द्रमा पुगेर समापन भएको सचिव प्रदिक सापकोटाले जानकारी दिनुभयो । दिवसकै अवसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology