(Friday 30th of October 2026)
`

हरिजनको मृत्युबारे अनुसन्धान हुँदै

  • सगरमाथा गन्तब्य
  • 7.4K
    SHARES

    नेपालगन्ज : रोल्पा कारागारमा मृत्यु भएका नेपालगञ्जका सुन्दर हरिजनको रोल्पा कारागारमा भएको मृत्युबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान शुरु गरेको छ ।
    जिल्ला कारागार रोल्पामा अर्कै व्यक्तिको सट्टामा कैदीबन्दीको रुपमा जेल सजाय भोगिरहेका हरिजनको जेठ ४ गते कारागारभित्रै मृत्यु भएको थियो ।
    आयोगको नेपालगञ्ज कार्यालयको अनुगमन टोलीले जेठ १९ गतेदेखि घटनाको सम्बन्धमा स्थलगत अनुसन्धान शुरु गरेको आयोगका सहसचिव टीकाराम पोखरेलले जानकारी दिनुभयो । मोवाइल चोरीको आरोपमा नावालक अवस्थामा कारागार चलान गरिएका सुन्दर हरिजनले हातहतियार मुद्दामा जेल सजाय तोकिएका सुर्खेतका विजयविक्रम शाहको नाममा रोल्पा कारागारमा रहेका थिए ।
    आयोगले यो घटनाको विषयमा स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology