बाँके : लागुऔषध मुद्दामा फरार रहेका एक जना युवा पक्राउ परेका छन ।
पक्राउ पर्नेमा, कोहलपुर नगरपालिका वडा नं.४ का ३३ वर्षिय राभ चरण थारु रहेका छन । उनलाई बिहिबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, थारुलाई लागू औषध मुद्दामा बाँके जिल्ला अदालतको मिति २०७८ भाद्र २२ गतेको फैसालाले १ वर्ष १० महिना १६ दिन कैद सजाय तोकिएकोमा उनी हालसम्म फरार रहेका थिए ।
प्रहरीले पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
