(Saturday 25th of July 2026)
`

नगरद्धारा हरेक बर्ष एक महिला पत्रकारलाई २१ हजार धनराशीको पुरस्कार प्रदान गरिने : नगर प्रमुख बिष्ट

  • सगरमाथा गन्तब्य
  • 7K
    SHARES

    नेपालगन्ज : स्थानीय तह निर्वाचन २०७९ को बाँकेका ८ वटै स्थानिय तहका नवनिर्वाचित प्रमुख तथा उप प्रमुख जनप्रतिनिधीहरुलाई शुभकामना आदान प्रदान तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । संचारीका समुह नेपाल बाँकेको आयोजनामा गरिएको स्थानीय तह निर्वाचन २०७९ को बाँकेका ८ वटै स्थानिय तहका नवनिर्वाचित प्रमुख तथा उप प्रमुख जनप्रतिनिधीहरुलाई शुभकामना आदान प्रदान तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
    बाँकेमा रहेको महिला पत्रकारलाई जागरुक गराउन तथा महिला पत्रकारको क्षमता अभिबृद्धी गर्न बाँकेको ८ वटै स्थानिय तहका जनप्रतिनिधीको ध्यान आर्कषण गराउने उद्देश्यले कार्यक्रम संचालन गरिएको हो । बाँकेमा पुरुष पत्रकारको संख्यामा महिला पत्रकारको संख्या अत्यन्तै न्यून देखिदै गएकाले संचारीका समुहको समन्वय अति आवश्यक रहेको संचारीका समुहको टिमले बताएको छ । बाँकेका पुरुष पत्रकारले अक्षर लेखेरै तथा पत्रकारितामा कलम चलाएरै अफ्नो जिबिकापार्जन गरेका हुन्छन् । तर एक महिला पत्रकारले भने जति कलम चलाए पनि पत्रकारिताबाट हराउदै गएको संचारीका समुहको टिमले बताएको छ । महिला पत्रकारको उत्पादनमा बृद्धी गर्न स्थानिय सरोकारवाला जागरुक हुन बताउदै अवको दिनमा स्थानीय सरोकारवालाले संचारिका समुहसंग समन्वय गर्न औलाएका छन् । कार्यक्रमका प्रमुख अतिथी नेपालगन्ज उपमहानगरपालिकाका प्रमख प्रशान्त बिष्टले संचारीका समुहको रहेको महिला पत्रकारको क्षमता अभिबृद्धी गर्न तथा महिला पत्रकार उत्पादन गर्न नेपालगन्ज उपमहानगररपालिकाको तर्फबाट प्रत्येक बर्ष एक उत्कृष्ट महिला पत्रकारलाई रु २१ हजार बराबरको सम्मान स्वरुप धनरासी प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
    उहाँले संचारीका समुह बाँकेलाई उपमहानगरपालिकाको साथ सहयोग सधै रहने प्रतिबदता ब्यक्त गर्नुभयो । उक्त संचारीका समुह बाँकेको अध्यक्ष रुपनी जिएमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती नेपालगन्ज नगर प्रमुख बिष्ट, अथितीमा नेपालगन्ज उपप्रमुख कमरुद्दिन राई, कोहलपुर नगर उपप्रमुख संगिता सुबेदी, खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, जानकी गाउपालिका उपाध्यक्ष रामप्यारी यादब, बैजनाथ गाउँपालिका निर्मला रोकाय, डुडुवा गाउँपालिका शाहिदा बाँनो, संचारीका समुह बाँकेको पुर्ब अध्यक्ष डाक्टर मुना श्रेष्ठ, संचारीका समुह बाँकेको संस्थापक अध्यक्ष अक्षरी पोख्रेल, संचारीका समुह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, नेपाल पत्रकार महासंघ बाँकेका सचिब कमल डाँगी, प्रेस चौतारी नेपाल बाँकेको अध्यक्ष दुर्गा रोकाय, नेपाल प्रेस युनियन बाँकेका सचिब बिजय मल्ल लगायतको उपस्थिती रहेको थियो भने स्वागत मनतब्य संचारीका समुह बाँकेको उपाध्यक्ष सरला सुबेदीले गनुभएको थियो भने कार्यक्रम संचालन संचारीका समुह बाँकेका सचिब पबित्रा परियारले गर्नुभएको थियो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology