नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं वडा नं १८ कारकाँदो बस्ने निखिलेश बिश्वासको ३० महिने छोरा यश मल्लिकलाई क्यान्सर भएको हुँदा उपचारको लागि परिवारले सहयोगको अपिल गर्नुभएको छ ।
कलिलो उमेरको नाबालक मल्लिकलाई दर्दनाक क्यान्सर भएको हुँदा उपचारको लागि परिवारले सक्दो सहयोगको लागी अपिल गर्नु भएको हो । क्यानसर पीडित मल्लिक भरतपुर, चितावनको बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ । क्यान्सर पीडीत मल्लिकलाई २०७९ बैशाख २९ गते डाक्टरले दिएको स्वास्थ्य परिक्षण रिर्पोट अनुसार क्यान्सर देखिएको हुँदा उपचार गर्न एकदमै कठिनाई भएकोले पीडीत परिवारले जीवन रक्षाको लागी सहयोगी हातहरुलाई सक्दो सहयोग गरिदीनुहुन अपिल गर्नुभएको छ । मल्लिकको आर्थिक स्थिति कमजोर भएको हुनाले आर्थिक सहयोग गर्न चाहने व्यक्ति वा संघसंस्थाले निम्न ठेगानामा सम्पर्क गर्न सकिने छ । मल्लिकको घरायसी समस्या छ एक स्थानियले भन्नुभयो । उहाँलाई क्यान्सरबाट बचाउन सके कल्याण हुने छ उहाँले भन्नुभयो । आर्थिक सहयोग गर्न चाहनेका लागि सम्पर्क यश मल्लिकका बुवा निखिलेश बिश्वास ९८४८०८०५०९, यश मल्लिक बैंक खाता नं ०१४१००१७५१३२१३ मा सम्पर्क गर्न सकिने छ ।
