(Saturday 25th of July 2026)
`

सौन्दर्यकरणमा थप जिम्मेवार बन्न नगर प्रमुख विष्टको निर्देशन

  • सगरमाथा गन्तब्य
  • 5.8K
    SHARES

    नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नगरको सौन्दर्यप्रति जिम्मेवार बन्न सम्वद्ध शाखा प्रमुख र कर्मचारीहरुलाई निर्देशन दिनुभएएको छ ।
    सुर्खेतरोडको ग्रिन क्षेत्रमा लगाइएका फुलका विरुवा काँटछाँट गर्नेक्रममा केही फुल समेत काटिएको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि नगर प्रमुख विष्टले बुधबार वातावरण शाखा, सरसफाई शाखाका प्रमुख तथा सम्वद्ध कर्मचारी (माली)हरुलाई बोलाएर यस विषयमा जानकारी लिँदै नगरको सौन्दर्यकरणमा ईमान्दारितापुर्वक लाग्न निर्देशन दिनुभएको हो ।
    उहाँले फुलहरु फुलेको समयमा काँटछाँट गर्ने कार्यले नगरबासीमा नकारात्मक सन्देश प्रवाह भएको भन्दै आगामी दिनमा यसखालका नियमित काम गर्दा आफै सोचविचार गर्न आग्रह गर्नुभयो । फुलहरु फुलेको समयमा भन्दा पनि नफुलेको समयमा काँटछाँट गर्न उहाँले आग्रह गर्नुभयो ।
    सम्वद्ध शाखा प्रमुख तथा मालीहरुले भने विरुवाहरुको काटछाँट नियमित प्रक्रिया भएको भन्दै फुल काट्ने भन्दा पनि त्यसको थप सौन्दर्यकरणका लागि आफुहरुले काम गरेको भन्दै आगामी दिनमा फुललाई क्षति हुन नदिन थप सचेत हुने बताउनुभयो । फुलको संरक्षण र थप सौन्दर्यका लागि फलामे डण्डाभित्र राख्न काटछाँट अनिवार्य गर्नुपर्ने उनीहरुको भनाई छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology