(Friday 30th of October 2026)
`

सहकारीले आधिकारिक कागज विना अर्कैलाई भुक्तानी दिएपछि

  • सगरमाथा गन्तब्य
  • 15.4K
    SHARES

    नेपालगन्ज : अवधी पत्रकार संघ नेपालका केन्द्रीय कोषाध्यक्ष सन्ध्या शर्माको नेपालगन्जस्थित समानता बचत तथा ऋण सहकारी संस्थामा आफ्नो र दुई वटा छोरीको खातामा रहेको रकम कुनै पनि अधिकारिक कागज प्रमाण विना अर्कैलाई भुक्तानी गरको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ । कृष्णसार एफ एम र जनमत अर्ध साप्ताहिकमा काम गर्ने सञ्चारकर्मी शर्मालाई सहकारी बैंकले कुनैपनि सूचना नदिई प्रशान्त चौबेलाई रकम भुक्तानी दिइएको रहस्य खुलेको घटनाप्रति सहकारी र भ्रममा पारी रकम झिक्ने चौबेमाथी आवश्यक छानविन गरि कडा कारवाहीको माग गर्दछौ ।
    चौबेले २०७८ पुस १२ गते मेरो श्रीमती सन्ध्या शर्मा र छोरी भन्दै निवेदन दिएर रकम भुक्तानी लिएका थिए । यता शर्माले चौबेसंग २०७८ भदौ महिनामै आदलतबाट सम्वन्ध विच्छेद भईसकेपछि चौबेको कुनै पनि अधिकारभित्र नपर्ने कानूनी व्यवस्था छ । दुई जना विचको नाता सम्वन्ध छुट्टिएपनि यस्तो भ्रम र जालसाजी काम गर्ने चौबेमाथी आवश्यक छानविन गरि दोषीलाई कडा कारवाहीको माग गर्दछौ ।
    चौबेले अहिले पनि सामाजिक संजाल तथा साथी भाईमार्फत शर्माका बारेमा टिकाटिप्पणी तथा विभिन्न अपशब्दहरु प्रयोग गरिरहेकाले आजैका मितिदेखि त्यस्तो कार्य गर्न नदिन स्थानीय प्रहरी प्रशासनसंग माग गर्दछौ । साथै सहकारी बैंकले एउटा निवेदनकै आधारमा पासबुक लगायतका प्रमाण विना रकम भुक्तानी गरेपछि सहकारी प्रतिको विश्वसनियता, गुम्ने देखिएकोले सहकारीका प्रबन्धकलाई समेत कारवाही गर्नुपर्ने संघको ठहर छ । नेपालगन्ज २० बस्ने सन्ध्या शर्माको व्यक्तीगत खाता तथा छोराछोरीको खाताबाट रकम झिक्ने कार्यले थप असुरक्षित बनाइ मानसिक तनाव उत्पन्न गराएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology