(Saturday 25th of July 2026)
`

बाघको आक्रमणमा परि ज्यान गुमाएकी पालको परिवारलाई १ लाख सहयोग

  • सगरमाथा गन्तब्य
  • 7.8K
    SHARES

    बर्दिया :  बाघको आक्रमणबाट ज्यान गुमाएकी बर्दियाको मधुवन नगरपालिका २ कोठिया गाउँकी कौशिका पालको परिवारलाई सहयोग स्वरुप डिभिजन बन कार्यालय बर्दियाले रु १ लाख हस्तान्तरण गरेको छ । डिभिजन बन कार्यालय बर्दियाका सूचना अधिकृत द्रोणराज शर्माका अनुसार मृतकको परिवारलाई तत्काल सहयोग स्वरुप उक्त रकम हस्तान्तरण गरिएको हो । लुम्बिनी प्रदेश सरकारद्धारा बन्यजन्तुको आक्रमणबाट मृत्यु वरण गरेकाहरुलाई राहत सहयोग स्वरुप रु १ लाख हस्तान्तरण गरिने व्यवस्था रहेको सूचना अधिकृत शर्माले बताउनुभयो ।
    यही आर्थिक वर्षदेखि शुरु भएको (पिडितसंग लुम्बिनी प्रदेश कार्यक्रम) अन्तर्गत बन्यजन्तुको आक्रमणमा परी मृत्यु बरण गरेकाहरुलाई रु १ लाख दिने र घाईते भएकाहरुलाई उनीहरुको अवस्था हेरेर उपचार स्वरुप २० हजार दिने व्यवस्था रहेको छ । बन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएकाहरुलाई संघिय सरकारद्धारा रु १० लाख सहयोग गरिने सूचना अधिकृत शर्माले बताउनुभयो । उहाँका अनुसार मृतकका परिवारले सबै कागजातहरु मिलाएको खण्डमा राहत सहयोग सिफारिस समिति मार्फत मृतकका परिवारलाई संघिय सरकारबाट सो रकम मिलाई दिने व्यवस्था रहेको छ ।
    डिभिजन वन कार्यालय बर्दियाका जिल्ला वन अधिकृत प्रविण विडारीका अनुसार कौशिकालाई खाता जैविक मार्गमा पर्ने जनजागृति सामूदायिक वनमा जेठ १० गते बाघले आक्रमण गरेको थियो । बाघको बासस्थान रहेको उक्त सामूदायिक वनमा कौशिकाको शव फेला परेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology