(Friday 30th of October 2026)
`

प्रहरी हिरासत भित्रै थुनुवाको मृत्यु

  • सगरमाथा गन्तब्य
  • 13.9K
    SHARES

    नेपालगन्ज  : ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।
    जबरजस्ती करणीको अभियोगमा पक्राउ गरी म्याद थप गरेर आवश्यक अनुसन्धानका लागि कोहलपुर इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका कोहलपुर नगरपालिका–१२ का कृष्णलाल कुँवरको इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासत कक्ष परिसरको ट्वाइलेटमा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।
    उनी बुधबार बिहान करिब ५ बजेतिर झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । हिरासत कक्षबाट ट्वाइलेट गएका उनले ट्वाइलेटको भेन्टिलेलेटरमा टि–सर्टको पासो घाँटीमा लगाएर मृत्युवरण गरेको प्रहरी रिर्पोटमा उल्लेख छ ।
    तर कुवरको मृत्यु शंस्कास्पद रहेको परिवारका सदस्यको भनाई छ । मृतककी बहिनीका अनुसार कुवरले लेखेको सुसाईट प्रहरीले फेला पारेको कुरा बाहिर आएको छ । मृतक कुवर साक्षर समेत नभएकाले कसरी दाजुले आत्महत्या अघि सुसाइट नोट लेख्नुभयो, मृतक कुवरकी बहिनीले प्रश्न गरिन् ।
    बुधवार विहान ४ बजेसम्म अन्य थुनुवासँग कुरा गरेका रहेछन् दाजुले आत्महत्या गरेको विषयमा आवश्यक छानविन गरेर प्रहरीले वास्तविकता छिटो भन्दा छिटो बाहिर ल्याउन मृतककी बुहारीले माग गरेकी छिन् । यस बिषयमा ईलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख प्रहरी नायब उपरीक्षक एन बहादुर मल्लले आफूमाथि पनि छानविन हुने भएकाले छानबिन समिती बन्ने र समितिले प्रतिवेदन तयार पार्ने बताउनुभयो । मृतक कुवरको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा पठाएको प्रहरीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology