(Friday 30th of October 2026)
`

नेपालगन्ज ४ का जनप्रतिनिधिलाई स्वागत

  • सगरमाथा गन्तब्य
  • 12.7K
    SHARES

    नेपालगन्ज  : नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का जनप्रतिनिधिहरुलाई आज एक कार्यक्रमका विच स्वागत गरिएको छ । यही बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई आज एक कार्यक्रमका विच स्वागत गरिएको हो । नेपालगन्ज ४ को आयोजनामा भएको स्वागत कार्यक्रममा वडा अध्यक्ष गोपाल पुनले नेपालगन्ज उपमहानगरपालिकाको नमुना वडा बनाउन मेरो नेतृत्वमा रहेको टिमले एकबद्ध भएर काम गरेर देखाउने अध्यक्ष पुनले जानकारी गराउनुभयो । वडालाई सरसफाईमा बढि जोड दिई शिक्षा, स्वास्थ्य, खानेपानीका साथ साथै विकास निर्माणको कामलाई पनि बढि प्रथामिकता दिने कुरामा उहाँले जोड दिनुभयो । स्थानिय युवाहरुलाई स्वारोजगार बनाउन वडामै विभिन्न खाले योजना ल्याउन पहल गर्ने समेत उहाँले बताउनुभयो । स्वागत कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, बुद्धिजिवी, समाजसेवी, युवा, स्वास्थ्य स्वयमसेविका, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology