(Friday 30th of October 2026)
`

आशा लघुवित्तद्धारा साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 18.9K
    SHARES

    बर्दिया, ०६ जेठ – आशा लघुवित्त वित्तिय संस्थाले साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठी शनिवार बर्दियाको राजापुरमा सम्पन्न गरेको छ । एक दिने साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठीको प्रमुख अतिथि बर्दिया राजापुर वडा नं. ३ का वडाअध्यक्ष प्रसादु थारुले गर्नुभएको थियो । वडा अध्यक्ष थारुले पानसमा बत्ति बालेर तालिमको उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि थारुले आशा लघुवित्तले गरेको काम प्रति स्रहाना व्यक्त गर्नुभयो । आशाले गरेको योगदान प्रति स्थानियवासी सन्तुष्ट रहेको उहाँले बताउनुभयो ।
    आशा लघुवित्त वित्तिय संस्था अन्तरगत राजापुर शाखामा वित्तिय साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठीको अध्यक्षता प्रबिन्द्र कुमारी महत रहनुभएको थियो ।


    साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रमको स्वागत मन्तब्य आशा लघुवित्त वित्तिय संस्था राजापुर शाखाका शाखा प्रमुख उमकान्त अवस्थीले गर्नु भएको थियोे । कार्यक्रम प्रस्तुती अनुगमन अधिकृत सुबास आचार्य र शाखा प्रबन्धक उमाकान्त अवस्थी रहनुभएको थियो ।
    कार्यक्रममा संस्थाको सम्पुर्ण नीति नियम गुनासो सुनवाइ बचत, कर्जा सुबिधा, कर्जा दुरुपयोग, कालोसूची, सामुहिक जिम्मेवारी, केन्द्र सम्बन्धि छलफल भएको थियोे । गोष्ठी मा आ.ब.को ०७७÷०७८ सम्मका केन्द्रहरुबाट प्रथम, दित्तिय, तृत्तीय र सान्त्वना केन्द्रहरु लाई पुरुस्कृत गरिएको थियो । कार्यक्रमको समापन सभापति महतोले गर्नुभएको थियो । कार्यक्रममा ८५ जनाको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology