नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका १८ मा विकास प्रेमी भनेर चिनिने वडा अध्यक्ष दिपक कुमार बर्मा पुन अध्यक्षमा निर्वाचित हुनुभएको छ । नेकपा एमालेको तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ मा वडाअध्यक्ष दिपक कुमार बर्मा सहितको पुरै प्यानल बिजयी हुन सफल हुनुभएको हो । मतगणनाका क्रममा नेकपा एमालेका दिपकले २ हजार २ सय ५७ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिद्धन्दी नेपाली कांग्रेसका मंगलप्रसाद वर्मा -सानु-ले १ हजार ६ सय २६ मत प्राप्त गर्नुभएको छ । नवनिर्वाचित दिपकले प्रतिद्धन्दी मंगललाई ६ सय ३१ मतले पछि पार्दै नेपालगन्ज वडा नं १८ वडाअध्यक्षमा पुन बिजय हासिल गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
नवनिर्वाचित दिपक बर्मा २०७४ सालको स्थानिय तहकोे निर्वाचनबाट जनप्रतिनिधी भएर वडामा आइसकेपछि उहाँले वडामा बिकासका थुप्रै कामहरु गर्नु भएको थियो । वडामा भएको समस्यालाई पहिल्याउदै जनताको सेवामा अहोरात्र खटिने एक असल नेताको रुपमा उहाँलाई नेपालगन्जवासीले चिन्ने गर्दछन् ।
नवनिर्वाचित वडाअध्यक्ष दिपकले वडाका सडक कालोपत्रे, बाटो ग्राभिल, बिद्यालय व्यवस्थापन, बिद्यालय भवन सिलान्यास, मठमन्दिरलाई सहयोग, हाइमास्ट जडान, सोलर बत्ति बितरण, बालबालिकालाई खेलकुद सामाग्री, महिलाहरुको लागी सिप मुलक तालिम , जेष्ट नागरिकहरुलाई न्यानो सामाग्री बितरण लगायतको थुपै काम गर्नु भएको छ । उहाँले गरेको कामको उच्च मुल्याकन गर्दै जनता र पार्टीले पुनः उम्मेद्वारको लागी चुनेको थियो । जनताको समस्या र अपेक्षालाई केन्द्रबिन्दुबिचमा राखेर वडाका बिकास निमार्णको काम गर्ने भएकोले उहाँलाई जनताले निकै रुचाउने गर्दछन् ।
नेकपा एमालेका दिपकले अन्यदललाई पराजित गर्दै जितको यात्रा सुरु गर्नु भएको छ । उहाँलाई जनताले दिएको अमुल्य मतदान गरि आफुलाई पुन बिजय गराएकोमा जनताको अमुल्य मतदानको कदर गर्दै जनताको समस्या र अपेक्षालाई पुन पहिलो केन्द्रबिन्दुमा राखेर वडाको अधुरो कामलाई प्राथमिकता दिने बताउदै जनतालाई नयाँ किसिमले उर्जा दिने जानकारी दिनुभयो । आफुले गरेको कामलाई निरन्तरता दिने र अपुरो अधुरो कामलाई प्रथामिकताका साथ अगाडी लैजाने बर्माले बताउनुभयो ।
