(Friday 30th of October 2026)
`

नेपालगन्जमा प्रशान्त र कमरुद्दीन विजयी, आज विजयी जुलुस

  • सगरमाथा गन्तब्य
  • 15.8K
    SHARES

    नेपालगन्ज :  नेपालगन्ज उपमहानगरमा अघिल्लो २०७४ सालको निर्वाचनमा राप्रपाले थामेको विरासत गठबन्धनले खोसेको छ । सुरुवाती गणनाबाटै अग्रता लिएका गठबन्धनबाट कांग्रेस उम्मेदवार प्रशान्त विष्ट नेपालगन्ज उपमहानगरको मेयर पदमा विजयी भएका छन् ।
    उनले २३४६० मत ल्याएर मेयर पदमा विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पशुपतिदयाल मिश्रले ११६७५ मत पाएका छन् भने चुनावका मुखैमा माओवादी छाडेर राप्रपा प्रवेश गरि मेयरको उम्मेदवार बनेका नन्दलाल बैश्यले ७५९८ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
    त्यस्तै उपमेयरमा पनि गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार कमरुद्दीन राई विजयी भएका छन् । उनी १७९५० मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी शान्ति ढकालले १०९१५ मत ल्याएकी छन् भने राप्रपाकी बिन्दु चर्तिमगरले १०१३५ मत ल्याएका छन् ।
    नेपालगन्जमा नेपाली कांग्रेसले मेयर सहित ५ वटा वडा जितेको छ भने जसपाले उपमेयर सहित ६ वडा जितेको छ । ५ वटा वडामा एमाले, ४ वटामा माओवादी केन्द्र र ३ वटा वडामा राप्रपाका वडा अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन् । यस्तै नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शुक्रवार प्रमाणपत्र वितरण गरिएको छ । जिल्ला समन्वय समितिमा आयोजित एक कार्यक्रमका विच मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले नगर प्रमुखमा निर्वाचित प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राईसहित २३ वडाका वडा अध्यक्ष र वडा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् । नेपाली काँग्रेस र जनता समाजबादी पार्टी जसपाले आज (शनिवार नेपालगन्जमा बिजयी ¥याली निकाल्ने भएका छ्न । मतदाताहरुलाई धन्यवाद दिन र खुसियालीमा बिजयी ¥याली निकाल्न लागिएको जसपाका नेपालगन्ज नगर समिती अध्यक्ष श्रवण यादबले जानकारी दिए । बिहान ७ बजे जैसपुरवाट राँझा चोक सम्म र राँझा चोकबाट त्रिभुवन चोकसम्म ¥याली हुने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology