(Friday 30th of October 2026)
`

जानकीको अध्यक्षमा खाँ र उपाध्यक्षमा रामप्यारी निर्वाचित

  • सगरमाथा गन्तब्य
  • 14.7K
    SHARES

    जानकी : बाँकेको जानकी गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । गाउँपालिकाको अध्यक्षमा छब्बन खाँ र उपाध्यक्षमा रामप्यारी यादव निर्वाचित भएका हुन् । खाँले नेकपा एमालेका हिमान्सु यादवलाई १८५८ मतको अन्तरले पराजित गरेका हुन् ।
    कांग्रेसका खाँले ६६५३ मत प्राप्त गरे । यस्तै एमालेका यादवले ४७९५ मत प्राप्त गरेका छन् । अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का राजिवकुमार कुर्मीले २९३८ मत प्राप्त गरेका छन् ।
    यसैगरी उपाध्यक्षमा रामप्यारीले नेकपा एमालेकी भुमिसरा धिताललाई दोब्बर बढी ३४५३ मतको अन्तरले पराजित गरिन् । रामप्यारीले ६९०९ मत प्राप्त गर्दा धितालले ३४५६ मत प्राप्त गरेकी छन् । तेस्रो स्थानमा आएका नेकपा माओवादी केन्द्रका रक्षाराम कुर्मीले २२२९ मत प्रात गरे ।
    उक्त गाउँपालिकामा कांग्रेसका ३ जना, जसपाका २ र माओवादी केन्द्रका १ जना वडाअध्यक्ष निर्वाचित भएका छन् । जसअनुसार वडा नम्बर १ मा जसपाका मोहम्मद रजा राई, वडा नम्बर २ मा माओवादी केन्द्रका चन्द्रीकाप्रसाद गुप्ता, वडा नम्बर ३ मा जसपाका राजकुमार कुर्मी, वडा नम्बर ४ मा कांग्रेसका रमेशकुमार वर्मा, वडा नम्बर ५ मा कांग्रेसकै टिकानाथ यादव र वडा नम्बर ६ मा कांग्रेसका जगदिशप्रसाद हरिजन निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
    २०७४ को निर्वाचनमा उक्त गाउँपालिकामा कांग्रेसका उम्मेदवार झिनो मतले पराजित भएका थिए । अध्यक्षमा पराजित भएका खाँलाई कांग्रेसले यसपटक पुनः उम्मेदवार बनाएपछि निर्वाचित भएका हुन् । जानकीमा यसपटक एमाले ’क्लिन स्वीप’ भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology