(Saturday 25th of July 2026)
`

नेपालगन्ज १७ मा काँग्रेसका वर्मा विजयी

  • सगरमाथा गन्तब्य
  • 6.8K
    SHARES

    नेपालगन्ज :  बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं.१७ मा नेपाली काँग्रेसका उम्मेदवार लक्ष्मणप्रसाद बर्मा निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कंधई बढहीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
    वर्माले ९०९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी लोसपाका वढईले ८२८ मत प्राप्त गरे । यस्तै जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार मोहनलाल दिवेदीले १०० र राप्रपा धरमराज यादव (अहिर)ले ६४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
    यसअघि २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका अजय पाठक निर्वाचित भएका थिए । यसपटक पनि उनी नेकपा एमालेका तर्फबाट उम्मेदवार भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाठकको उम्मेदवारी रद्द गरिदिएको थियो । बैंकिङ कसुर मुद्दामा पाठकको उम्मेदवारी रद्द गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology