(Saturday 25th of July 2026)
`

कोहलपुर वडा नम्बर ४ को मत परिणाम बिबादास्पद : रोकियो वडा नम्बर १२ को मतगणना

  • सगरमाथा गन्तब्य
  • 14K
    SHARES

    कोहलपुर : कोहलपुर वडा नम्बर ४ को मत परिणाम बिबादास्पद भएको छ । कोहलपुर वडा नम्बर ४ को जम्मा १६५८ मत खसेको मुजुल्का गरेको जानकारहरु बताउँछन र भित्र मत परिणाम भन्दा १६५३ वटा गणना भएको देखिएको छ । तर निर्वाचन समितीले जारी गरेको पत्रमा भने जम्मा बदर र सदर मत गरि जम्मा १६५१ देखाएको छ ।
    यसरी १६५८ को मुजुल्का गरेको मत जम्मा १६५१ मात्र रहदा यो कुनै राजनीतिक चलखेल गरेको भन्दै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एस आदि पार्टीले सत्य तथ्य बाहिर नआउँदा सम्म मत घोषणा नहुने र गणना समेत अघि नबढ्ने भन्दै बिरोध जनाएका छन ।
    तसर्थ अहिले समाचार तयार पार्दा सम्म कोहलपुर वडा नम्बर १२ को मत गणना रोकिएको छ भने वडा नम्बर ४ को आधिकारिक बिजय घोषणा समेत रोकिएको छ ।
    उता कोहलपुर कै नेकपा एमालेबाट मेयर पदका उमेदवार खिल प्रसाद भुसालले उक्त बिबाद पछि आफ्नो सामाजिक संजाल फेसबुक मार्फत“सत्ता दुरुपयोगको चरम नमूना कोहलपुर वार्ड नम्मर ४ मा खसेको मत भन्दा कम भेटियो किन ? यसको जवाफ चाहिन्छ । नत्र पुन मतदान गर्नु पर्ने छ भन्दै स्ट्याटस लेखेका छन भने उक्त विवाद कहाँ सम्म पुग्ने हो अब नतिजा हेर्न बाकी छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology