(Friday 30th of October 2026)
`

बढैयाताल ७ मा पनि उदायो एमाले, ६ वटा वडामा एमालेकै कब्जा

  • सगरमाथा गन्तब्य
  • 13K
    SHARES

    बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ७ मा नेकपा एमाले उदाएको छ । उक्त वडामा एमालेको प्यान नै विजयी भएको छ । सो वडामा २९४७ मत खसेको थियो । जस्मा एमालेका वडाध्यक्ष राधेश्याम थारुले १ हजार ८३ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धि नेपाली कांग्रेसका चन्द्र बहादुुर सापकोटाले ९०८ प्राप्त गरेका छन् । त्यसैगरी नेकपा माओबादी तर्फका गया प्रसाद थारुले ७०२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
    सोही पालिकाका निर्वाचन अधिकृत बिनोद गौतमका अनुसार पालिका अध्यक्ष एमालेका लाल बहादुर श्रेष्ठले प्राप्त गरेको मत ८४४ रहेको छ भने उपाध्यक्ष लक्ष्मि अधिकारीले प्राप्त गरेको मत ९३८ रहेको छ । त्यसैगरी नेकपा माओबादी तर्फका हिमालय त्रीपाठीले प्राप्त गरेको मत १ हजार २९९ रहेको छ भने उपाध्यक्ष कमला गुरुंगको ७५९ रहेको छ । तेश्रो स्थानमा रहेको नेपाली कांग्रेसका भगत नेपालीको प्राप्त मत जम्मा ५४९ रहेको छ भने उपाध्यक्ष पवित्रा कुमारी अर्यालको ९२४ मत रहेको छ ।
    वडा नं. ७ सहीत बढैयातालमा ५ वटा वडामा नेकपा एमालेले विजयी हाँसिल गरेको छ । माओबादीको लाल किल्ला मानिएको वडा नं. ४ मा एमालेले पहिलो पटक यसै निर्वाचनमा खाता खोल्न सफल भएको छ । त्यसैगरी अहिलेसम्मको मत परिणाम अनुसार उक्त पालिकाको अध्यक्षमा नेकपा माओबादीले ८ हजार ७९ मत प्राप्त गरेको छ भने एमालेले ७ हजार ३५५ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले पनि ५ हजार ८१७ मत ल्याएर तेश्रो स्थान कायम राखेको छ ।
    सोही पालिकाको उपाध्यक्षमा नेकपा एमालेले ७ हजार ८३४ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ७ हजार ७१ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा माओबादीले पनि ६ हजार १६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय मैनापोखरले जनाएको छ ।

    यस्तै बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ८ मा नेकपा एमालले सत्तागठबन्धनलाई चिर्दै एमालेले विजयी हाँसिल गरेको छ । उक्त वडामा गठबन्धनको बलियो बन्धनलाई तोड्दै एमालेको प्यान नै विजयी भएको हो । सो वडामा ३ हजार १ सय ८ मत खसेको थियो । जस्मा एमालेका वडाध्यक्ष तेजनाथ पौडेलले १ हजार ४ सय ७४ मत प्राप्त गरेर विजय हाँसिल गरेका छन् । त्यसैगरी गठबन्धनका तर्फबाट प्रतिद्धन्द्धि नेपाली कांग्रेसका वडाध्यक्ष मित्रराज घिमिरे (सुबास) १ हजार ३ सय ७६ मत ल्याएका छन् ।
    सोही पालिकाका निर्वाचन अधिकृत बिनोद गौतमका अनुसार पालिका अध्यक्ष एमालेका लाल बहादुर श्रेष्ठले १ हजार १ सय १३ रहेको छ भने उपाध्यक्ष लक्ष्मि अधिकारीले १ हजार २ सय ९१ मत ल्याएकी छन् । त्यसैगरी नेकपा माओबादीका हिमालय त्रीपाठीले १ हजार २ सय ७६ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष कमला गुरुंगले जम्मा ९६ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेस पालिका अध्यक्ष भगत नेपालीले ४०२ ल्याएका छन् भने उपाध्यक्ष पवित्रा कुमारी अर्यालले १ हजार ४ सय ४२ मत ल्याएकी छन् । वडा नं. ८ सहीत बढैयाताल गाउँपालिकामा ६ वटा वडामा नेकपा एमाले सत्तागठबन्धनलाई तोड्दै प्यानल नै विजयी भएको छ ।
    माओबादीको लाल किल्ला मानिएको वडा नं. ४ मा एमालेले पहिलो पटक यसै निर्वाचनमा खाता खोल्न सफल भएको छ । योसंगै उक्त पालिकाको वडा नं. ९ को मतगरणा अब केही बेरमा शुरु हुने निर्वाचन अधिकृतको कार्यालय बढैयाताल मैनापोखरले जनाएको छ । गठबन्धनका कारण माओबादीको कुनै उम्मेदवार नउठेको उक्त वडामा मतपत्रमा भएको हंसिया हठौडामा भने १३ वटा स्वस्तिक छाप लागेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology