(Saturday 31st of October 2026)
`

खजुराको अध्यक्षमा डम्मर र उपाध्यक्षमा मञ्जु बिजयी

  • सगरमाथा गन्तब्य
  • 9.2K
    SHARES

    खजुरा : बाँकेको खजुरा गाउँपालिकाको मत गणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार खजुरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित हुनुभएको छ । खजुरामा गठबन्धनका तर्फबाट अध्यक्षको पदमा नेकपा माओवादी केन्द्रका डम्बर बिक निर्वाचित हुनुभएको छ । उहाँको पक्षमा १० हजार ७ सय ९० मत खसेको छ । बिकको प्रतिद्धन्द्धी नेकपा एमालेका सुमन मल्लको पक्षमा ९ हजार १ सय ३७ मत खसेको छ । अध्यक्षमा नवनिर्वाचित बिक १ हजार ६ सय ५३ मतको अन्तरले निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमालेका मल्ललाई पछि पार्दै जितको यात्रा सुरु गर्नुभएको छ । यस्तै खजुरामा गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसको उपाध्यक्षको पदमा मञ्जु मल्ल निर्वाचित हुनुभएको छ । उपाध्यक्ष मञ्जुको पक्षमा १० हजार ३४ मत खसेको छ । उहाँको प्रतिद्धन्द्धी नेकपा एमालेको ताजरुन निशाको पक्षमा ८ हजार ९१ मत खसेको छ । उपाध्यक्षको नवनिर्वाचित मञ्जुले १ हजार ९ सय ४३ मतको अन्तरले निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमालेको निशालाई पछि पार्दै बिजयी हासिल गरेको खजुरा गाउँपालिकाका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी गराउनुभयो । उक्त गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बिजयी हासिल गरेको थियो भने यसपटकको स्थानीय तह निर्वाचनमा गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बिजयी हासिल गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology