(Friday 30th of October 2026)
`

जानकीमा नेपाली कांग्रेसको अग्रता कायमै

  • सगरमाथा गन्तब्य
  • 9.3K
    SHARES

    जानकी  : जानकी गाउँपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । जानकी गाउँपालिका वडा नं ३ को  २  हजार ७ सय ९७ मत गणना हुँदा जानकी प्रमुख पदका उम्मेद्वार नेपाली कांग्रेसको पक्षमा २ हजार ८ सय ३५ मत खसेको छ । नेकपा एमालेको पक्षमा १ हजार ७ सय ८५ मत खसेको छ । जसपाको पक्षमा १ हजार ७ सय ३९ मत खसेको छ । उस्तै जानकी गाउँपालिका उपप्रमुख पदका उम्मेद्वार नेपाली कांग्रेको पक्षमा २ हजार ९ सय ७० मत खसेको छ । नेकपा एमालेको पक्षमा १ हजार १सय ७ मत खसेको छ । नेकपा माओबादी केन्द्रको पक्षमा १ हजार ४ सय ९२ मत खसेको छ । यस्तै जानकी वडा नं ३ वडा अध्यक्ष पदका उम्मेद्वार नेपाली कांग्रेसको पक्षमा ६ सय ३८ मत खसेको छ । नेकपा एमालेको पक्षमा ३ सय  ८६ मत खसेको छ । जसपाको पक्षमा ७ सय २१ मत खसेको छ । जानकी गाउँपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले अग्रता कायमै गरेको छ भने जानकी वडा नं ३ वडाअध्यक्षमा जसपाले अग्रता कायमै गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology