(Friday 30th of October 2026)
`

डुडुवा वडा नं २ मा जसपाको अग्रता

  • सगरमाथा गन्तब्य
  • 13.5K
    SHARES

    डुडुवा  : डुडुवा गाउँपालिका वडा नं २ प्रारम्भिक मत परिणाम सार्बजनिक भएको छ । जिल्ला निर्वाचन कार्यालयले दिइएको मत परिणाम अनुसार डुडुवा गाउँपालिका वडा नं २ मा जसपाले प्यानलै सहित अग्रता लिएको छ । डुडुवामा जसपा प्रमुख पदका उम्मेद्वार को पक्षमा १ हजार ४ सय ३३ मत, उपप्रमुख पदका उम्मेद्वारको पक्षमा १ हजार ४ सय ३४ मत , वडाअध्यक्ष पदका उम्मेद्वारको पक्षमा १ हजार ४ सय ८१ मत, खसेको छ । नेकपा एमाले प्रमुख पदका उम्मेद्वारको पक्षमा १ सय ७४ मत, उपप्रमुख पदका उम्मेद्वारको पक्षमा २ सय १४ मत , वडाअध्यक्ष पदका उम्मेद्वारको पक्षमा २ सय २६ मत खसेको छ । नेपाली कांग्रेस प्रमुख पदका उम्मेद्वारको पक्षमा १ हजार १ सय २ मत, उपप्रमुख पदका उम्मेद्वारको पक्षमा १ हजार ३२ मत , वडाअध्यक्ष पदका उम्मेद्वारको पक्षमा ९सय ९४ मत खसेको छ । डुडुवा गाउँपालिकामा पुरै प्यानल सहित जसपाले अग्रता कायमै गरेको छ । डुडुवाको औपचारिक अपडेट आउन बाँकी छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology