डुडुवा : बाँकेको डुडुवा गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेले दिइएको मत परिणाम अनुसार डुडुवा गाउँँपालिका गनिएको मत मध्य नेपाली कांग्रेस अध्यक्ष पदका उम्मेद्वार नरेन्द्रकुमार चौधरीको पक्षमा ९ सय ६२ मत खसेको छ । नेकापा एमाले अध्यक्ष पदका उम्मेद्वार सरोजकुमारी यादबको पक्षमा ८ सय ५० मत खसेको छ । जनता समाजबादी पार्टी अध्यक्ष पदका उम्मेद्वार भण्डारीलाल यादब ३ सय ४७ मत खसेको छ । यस्तै डुडुवा गाउपालिका नेपाली कांग्रेस उपाध्यक्ष पदका उम्मेद्वार साहिदा बानो खाँ को पक्षमा ९ सय ३३ मत खसेको छ । नेकपा एमाले उपाध्यक्ष पदका उम्मेद्वार शकिल अहमद खानको पक्षमा ८ सय २१ मत खसेको छ । जनता समाजबादी पार्टी उपाध्यक्ष पदका उम्मेद्वार सरनुम बानो को पक्षमा ३ सय ४९ मत खसेको छ । डुडुवामा नेकपा एमाले र जसपा लाई पछि पार्दै नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै गरेको छ । डुडुवा गाउँपालिकाको बाँकी औपचारी अपडेट आउन बाँकी छ ।
