नेपालगन्ज : स्थानीय तहको निर्वाचनका लागि मौन अवधि शुरु हुनुपुर्ब मंगलबार नेपालगन्जमा नेकपा एमालेले शक्ति प्रर्दशन गरेको छ । निर्वाचनका लागि मंगलवार राती १२ बजेदेखि मौन अवधी सुरु हुन्छ । मौन अवधीपछि केही गर्न नपाउने भएको हुनाले मौन अवधि अगावै एमाले बाँकेले नेपालगन्जमा आफ्नो शाक्ति प्रर्दशन गरेको हो । शाक्ति प्रर्दशन नेपालगन्जको मुटु धम्बोझी चोकबाट सुरु भएको शाक्ति प्रर्दशन घरवारी टोल, त्रिभुवन चोक, त्रिवेणीमोड, रानीतलाउ, त्रिभुवन चोक हँुदै विपी चोकमा पुगि कोणसभा गरेको थियो ।
हजारौंको संख्यामा बाजागाजा, मोटरसाइकल ¥याली, रिक्सा ¥याली गरि नगरका विभिन्न स्थानमा पुगी विपी चोकमा कोणसभा गरिएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्रले चुनावको नजिकिदै शक्ति प्रर्दशनले हाम्रो जित भैसकेको जिकिर गर्नुभयो ।

जनता सुर्यमा भोट हाल्न आतुर छन् उहाँले भन्नुभयो । ३० गतेको परिणामले हामी उत्साहितका साथ विजयी जुलुस निकाल्ने तयारीमा रहेको उहाँले बताउनुभयो । यस्तै उपमेयरका उम्मेद्वार शान्ति ढकालले जनताको उत्साहका साथ एमाले पहिलो नं. १ मा आउने निश्चित भएको दावी गर्नुभयो । कोणसभामा एमालेका केन्द्रिय सदस्य हारुन हल्वाई, दिपा शार्मा, एमाले नेता विजया धिताल, दत्त प्रसाद आचार्य, शिव डोटेल, रविन्द्र लम्साल लगायत एमाले कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

