(Friday 30th of October 2026)
`

डुडुवामा एमालेद्वारा मतदाता भेटघाट तीब्र

  • सगरमाथा गन्तब्य
  • 10.5K
    SHARES

    डुडुवा (बाँके) ः बाँकेको डुडुवा गाउँपालिकामा नेकपा एमालेले घरदैलो तथा मतदाता भेटघाटलाई व्यापकता दिइरहेको छ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एमालेले प्रचारप्रसारलाई व्यापकता दिएको हो ।
    मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तिब्र पारेको एमालेका उम्मेदवारहरु मतदाताको घरघर पुग्दा फरक दृष्य देखिएको छ । एमालेका तर्फबाट डुडुवाका अध्यक्ष पदका उम्मेदवार सरोजकुमारी यादव, उपाध्यक्ष पदका उम्मेदवार शकिल खानसहित वडाका उम्मेदवारलाई स्वागत गर्न मतदाताहरु नै तँछाडमछाड गरिरहेका छन् ।
    अबको निर्वाचनमा एमालेका युवा उमेदवाहरुलाई सहयोग गर्ने प्रतिबद्वता समेत मतदाताहरुले व्यक्त गरेका छन् । मतदाताको सद्भाव र विश्वास देखेपछि उम्मेदवारहरु स्वयं हर्षित हुँदै डुडुवावासीले गरेको विश्वासलाई कहिल्यै पनि कुठाराघात नगर्ने प्रण गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology