नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ वडाअध्यक्ष पदका स्वतन्त्र उम्मेद्वार अव्दुल अजिज हल्वाईले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनका लागी नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ वडाअध्यक्ष पदका स्वतन्त्र उम्मेद्वार हल्वाईले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो । वडाअध्यक्ष पदका स्वतन्त्र उम्मेद्वार हल्वाईले बुधवार स्थानीय तह निर्वाचनकोे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । उहाँले सार्वजनिक गरेको प्रतिबद्धता पत्र सुशासन,शिक्षा, स्वास्थ्य,सुशासन र पारदर्सीता, भौतिक पुर्वाधार,रोजगार, कृर्षि, सामाजिक सुरक्षा, फोहोर व्यवस्थापन, खेलकुद,जनचेतना, धर्म र संस्कृति जस्ता बिकासको कामहरुमा बिषयगत रुपमा काम गरिने योजना सार्वजनिक गरिएको छ । यति बेला जताततै चुनाबी रोनक छाएको छ । नेपालगन्ज ५ वडाअध्यक्षका स्वतन्त्र उम्मेद्वार हल्वाई चुनाबी प्रतिस्पर्धामा रहेको बताउनुभयो ।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै हल्वाईले स्थानियवासीको साथ सहयोगले आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो । उहाँले जनताको अपेक्षा र समस्यालाई केन्द्रबिन्दुमा राखेर बिकास कार्यमा जोड दिने बताउदै बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा लौरो चुनाब चिह्नमा आफ्नो मतदान गरि अत्याद्यिक मतले बिजय गराउन जनतासंग आग्रह गर्नुभयो ।
