बाँके, २० बैशाख – नेकपा एमालेका आधिकारिक उम्मेदवार रुपबहादुर मल्ललाई वैजानाथ १ मा सहयोग गर्न बागी उम्मेदवार धनभक्त बुढा तयार भएका छन् । बैजनाथ १ मा एमाले उम्मेदवारलाई विजय गराउनका लागि बुढा मल्ललाई सहयोग गर्न तयार भएका हुन् । उनी अब आफ्नो प्रचारप्रसार छोडेर रुपबहादुर मल्ल एमालेको आधिकारिक उम्मेदवारका लागि मत माग्ने जनाइएको छ ।
प्रदेश कमिटी सदस्य चन्द्र चौधरीका अनुसार बैजनाथ १ मा आज नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज सूर्य ढकाल, बाँके जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, एमालेबाट बैजनाथमा अध्यक्षका उम्मेदवार घननाथ खनाल, एमाले नेता मानबहादुर रुचाल, बैजनाथका अध्यक्ष इन्द्रबहादुर थापालगायतका नेताहरुको सहभागितामा भएको संवादपछि वडा नं. १ का इन्चार्जसमेत रहेका बुढा पार्टी लाइनमै लाग्ने प्रतिवद्धता जनाएका हुन् ।
