नेपालगन्ज : बाँकेको बिभिन्न स्थानहरुमा नेकपा एमाले जिताउ अभियान तिब्र छ । आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचन नजिकिएसँगै बाँकेको बिभिन्न स्थानहरुमा नेकपा एमाले जिताउ अभियान तिब्र पारिएको हो । एमालेका कार्यकर्ता तथा जनताले स्थानिय तहको निर्वाचनलाइ लक्षित गरेर घरदैलो अभियान तिव्र पारेको हुन् । नेपालगन्ज उपमहानगरपालिका नेकपा एमाले जिताउ घरदैलो अभियान तिव्र पारेका छन् । नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिका मेयर,उपमेय पदका उम्मेद्वार देखी वडा अध्यक्ष, वडा सदस्यको टिम सहित जनताको घर घरमा झन्डा, व्यानर सहित घरदैलोमा जुटिसकेका हुन् । स्थानिय तहको निर्वाचनलाइ लक्षित गरेर नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिकाले घरदैलोमा सक्रियाता देखाउदै दैनिकी विहानैदेखि राती अबेरसम्म नेपालगन्ज मेयर,उपमेय पदका उम्मेद्वार देखी वडा अध्यक्ष, वडा सदस्यको टिम सहित जनताको ढोका ढोकामा एमाले जिताउ घरदैलो अभियान गरेका छन् । नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदका प्रत्यासी पशुपति दयाल मिश्र,उपमेय पदका प्रत्यासी शान्ति ढकाल सहितको टिम उपमहानगरपालिकाको वडा वडा, गाउँ गाउँ, टोल टोलमा एमाले जिताउ घरदैलो अभियानलाइ सक्रिय बनाएका हुन् । नेपालगन्ज उपमहानगरपालिका २३ सै वटा वडाका वडाअध्यक्ष पदका उम्मेद्वारहरुले नेकपा एमालेलाइ जिताउनको निमित्त आ आफ्ना वडाको टोल टोलमा घरदैलो गर्दै जनतालाइ जागरुक गराएका छन ।
