नेपालगन्ज ः बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनले राजनितीक नेताहरुमा चुनावी सरगर्मी सुरु भएको छ । स्थानिय तहको निर्वाचन तिब्र रुपमा नजिकिदै गर्दा जनप्रतिनिधीका लागी होडवाजी चलेको हो । हरेक दलका प्रतिनिधी आ – आफ्नो पक्षमा माहोल बनाउन झन्डा, व्यानरसहित घरदैलोमा जुटिसकेका छन् । स्थानिय तहको निर्वाचन तिब्र गतिमा नजिकिदा पार्टीका नेता तथा कार्यकर्तालाइ घरदैलोमा व्यस्त बनाएको छ । चुनाव लक्षित घरदैलो कार्यक्रमले स्वभाविक रुपमा पार्टीका नेता तथा कार्यक्रतालाई घरदैलोले व्यस्त बनाएको हो । यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेद्वार अव्दुल अजिज हल्वाईको दैनिकी जिवन अजकाल जनताको घर घरमा बितिरहेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ को टोल टोलमा स्वतन्त्र वडाअध्यक्ष पदका उम्मेद्वार हल्वाई स्थानियवासीसंग प्रत्यक्ष भेटघाटमा गर्दै घरदैलोमा व्यस्त देखिनुभएको छ । स्वतन्त्र नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ वडाअध्यक्ष पदका उम्मेद्वार हल्वाई सहितको टिमले घरदैलो अभियान तिव्र पारेका छन् । स्थानिय तहको निर्वाचनलाइ लक्षित गरेर वडाअध्यक्ष पद्का उम्मेद्वार हल्वाई सहितको टिमले घरदैलो अभियान तिव्र पारेका हुन् । उहाँले जनताको भावना र चाहाना समस्याको गतिबिधी बुझ्न जनताको घर घरमा पुग्दै भेटघाट गर्दै घरदैलो गरेको बताउनुहुन्छ । जनताको घरदैलोमा पुग्दा उहाँलाई वडावासीले साथ सहयोग गर्न तयार रहेको बताउदै जनता स्वयम हल्वाईलाइ साथ दिदै घरदैलोमा जुटेका छन् ।
