नेपालगन्ज : जनताको समस्या पहल्याउदै समाजसेवा गर्न पछि नहट्ने जनभावना बोकेका व्यवहारीक जनताको सेवामै दिन बिताउन रुचाउने एक सच्चा देश प्रेमी युवा नेता हुन् टेक बहादुर केसी । २०१५ साल ६ महिना १५ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ गणेशपुर स्थित बुवा दिपराज शर्मा र आमा बौद्ध कुमारी शर्माकोे कोखबाट जन्मलिनुभएको टेक बहादुर केसीले नेपालगन्ज महेन्द्र माद्यमिक बिद्यालयबाट १० कक्षा सम्मको अध्ययन गर्नुभयो । केही आन्तरिक समस्याले परदेशीनु परेकोले बाँकी पढाइ इन्डियाको गौभरमेन्ट इन्टर कलेज बैराहजबाट आइए पास गर्नुभयो ।
सानै उमेरबाट जनताको सेवा गर्न रुचाउने युवा नेता केसीले नेपाल नागरिक उद्ययन प्राधिकरणमा रोजगार गर्न थाल्नुभयो । लामो समय देखि आवाज बिहीन जनताको आवाज बनेर जनताको पक्षमा बोल्ने जनताको भलो चिताउने केसी नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ वडाअध्यक्षमा पदका उम्मेद्वार हुन् । जनताले अवको निर्वाचनमा निर्वाचित भएर आउन आग्रह गरेपछि नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ बाट वडा अध्यक्ष पदका लागी उम्मेद्वार दिएको उहाँ बताउनुहुन्छ । वडामा हुने सामाजिक कार्य होस या कुनै आपतबिपद पर्दा होस् दिनरात नभने रै निरन्तर जनताको सहयोग र सेवामा खटिने भएकाले कामको उच्च मुल्यांकन गरेर जनताले र नेकपा एमाले पार्टीले २०७९ साल बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा वडा अध्यक्ष पदको रुपमा उम्मेदवार चयन गरेको हो ।
उहाँले भन्नुभयो नेकपा एमालेमा आस्था राख्ने भएकाले नेपालगन्ज ४ को वडाअध्यक्षका लागी एमालेबाट उम्मेद्वारी मनोनयन दर्ता गराएको हुँ । नेपालगन्ज वडा नं ४ मा अझ बिकास निर्माणका थुप्रै काम गर्न बाकी नै छ । २०७४ सालको स्थानिय तहको निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधी बाट जनता उदास छन् । जनताले चाहेको जस्तो वडाको बिकास नभएकाले वडाको बिकासको निमित्त जनताको इच्छा अनुसार जनताले आफ्नो उम्मेद्वारका रुपमा मलाइ चुनेका हुन् उहाँले भन्नुभयो ।
वडामा शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुद, सडक बिस्तार, सामाजिक बिकास, बातावरण संरक्षण , महिला तथा बालबालिकाको सवालमा पहिलो प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । वडामा अधुरा भएका कामलाइ पुरा गर्ने, नेपालगन्ज वडा नं ४ मा पर्ने नेपालगन्ज कन्या माध्यमिक बिद्यालयलाई व्यवस्थित गरेर नेपालगन्जकै नमुना बिद्यालयका रुपमा परिवर्तन गर्न पहल गर्ने, सहरी बिकास स्वास्थ्य केन्द्रलाइ व्यवस्थित गरेर बिशेषज्ञ डाक्टरद्धारा जनतालाइ उपचारमा लाभ प्रदान गर्ने कुरा उल्लेख गर्नुभयो ।
वडामा रहेको एकल महिला सुरक्षा भत्ता, जेष्ठ नागरिक सुरक्षा भत्ता, असाय अपाङ्ग सुरक्षा भत्ता, जनताको घर घरमा पु¥याने व्यवस्था मिलाउने बताउनुभयो । अवको स्थानिय तहको निर्वाचनमा जनताले बहुमतले बिजयी गराए जनताले अपेक्षा गरे बमोजिमको बिकास कार्यमा लाग्ने उहाँले भन्नुभयो । अव निर्वाचनमा म बिजय भए भने जनताहरु पछुताउदै पम्पुरोमा हात राखेर निर्वाचन पर्खिनु पर्दैन उहाँले भन्नुभयो । अवको ५ बर्ष जनताको सेवा र वडाको बिकासमा जोड दिनेमा बिश्वस्त छु । जनताले दिएको अखवसरलाइ मध्यनजर गदै नेपालगन्जलाइ स्मार्ट र समृद्ध वडा बनाउन लागिपर्ने बताउनुभयो ।
