नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एमालेले नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ मा सम्पर्क कार्यालय उद्घाटन तथा निर्वाचन लक्षित कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ । आसन्न आउदै गरेको स्थानिय तहको निर्वाचनलाइ मध्यनजर गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेले बुधवार नेपालगन्ज उपमहानगरपालिको वडा नं १७ मा सम्पर्क कार्यालय उद्घाटन तथा निर्वाचन लक्षित कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरेको हो । नेपाल कम्युनिष्ट पार्टी एमालेबाट नेपालगन्ज उपमहानगरपालिका मेयर पदका उम्मेद्वार र उपमेयर पदका उम्मेद्वार तथा नेपालगन्ज वडा नं. १७ का वडाअध्यक्ष पदका उम्मेद्वार तथा वडा सदस्य पदका उम्मेद्वारले बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाइ लक्षित गरेर एमाले कार्यकर्ताले भेटघाट कार्यक्रम गरेका हुन् । सम्पर्क कार्यालय उद्घाटन तथा भेटघाटका कार्यक्रममा बोल्दै एमाले नेपालगन्ज उपमहानगरपालिका मेयरका पदका उम्मेद्वार पशुपति दयाल मिश्रले नेपालगन्ज उपमहानगरपालिकाको २३ सै वटा वडामा शिक्षा, स्वास्थ्य , सरसफाइ र पुर्वाधारको विकासका निमित्त आफुलाई भोट दिएर जिताउन आग्रह गर्नुभएको छ । उहाँले स्थानिय तहको निर्वाचन नेपालगन्जमा एमालेले जिते उपमहानगरपालिकाको समग्र विकासका साथसाथै संघ र प्रदेशको लगानीमा सुरु भएका तर रोकिएका ठुला योजना पुरा गर्न दवाव दिने प्रतिबद्धता रहेको जिक्री गर्नुभयो । विकास निर्माण संग जनतालाई जोड्नका लागि एमालेको स्थानिय सरकार आउन अपरिहार्य भएकोमा निर्वाचनमा एमालेले जिताउ अभियानलाइ जोड दिंदै एमालेको सरकार आए कृषि, खानेपानि, स्वास्थ्य तथा उद्यमी महिला उत्पादन र महिलालाई प्रत्यक्ष रुपमा आर्र्थिक क्रियाकलाप संग जोड्न नेपालगन्ज उपमेयर पदका उम्मेद्वार शान्ति ढकालले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेकपा एमाले पार्टीले संविधानको कार्यान्वयन गर्दै मेयर र उपमेयर मध्ये एक पद महिला उम्मेद्वार दिएकाले आफु तथा आफ्नो पार्टीले संधै राजनितिमा महिलाको ३३ प्रतिशत सहभागिताको सुनिश्चित गरेको दावि गर्नुभयो । उक्त सम्पर्क कार्यालय उद्घाटन तथा निर्वाचन लक्षित कार्यकर्ता भेटघाट कार्यक्रमको अवसरमा नेकपा एमालेका केन्द्रिय सदस्य दिपा शर्मा, नेकपा एमालेका केन्द्रिय सदस्य हारुन हल्वाई, नेपाल ईत्तहाद मुस्लिम संगठनका केन्द्रिय सचिव हलिम शाह लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुक सहभागिता रहेको थियो ।
