(Friday 30th of October 2026)
`

नेपालगन्ज १ मा एमालेको सम्पर्क कार्यालय उद्घाटन

  • सगरमाथा गन्तब्य
  • 8.2K
    SHARES

    नेपालगन्ज – नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उपमहानगरपालिका वडा नं १ मा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १ स्थित बुधवार नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । सम्पर्क कार्यालय उद्घाटन एक कार्यक्रमका बिच नेकपा एमाले केन्द्रिय सदस्य तथा नेपालगन्जका उपमहानगरपालिका मेयर पदका उम्मेद्वार पशुपतिदयाल मिश्र र नेपालगन्ज उपमहानगरपालिका उपमेयर पदका उम्मेद्वार शान्ति ढकालले रिबन काटेर नेपालगन्ज १ को सम्पर्क कार्यालय उद्घाटन गनुभयोको हो ।

    सम्पर्क कार्यालय उद्घाटन समारोहमा बोल्दै नेपालगन्ज मेयर पद्का उम्मेद्वार मिश्रले भन्नुभयो नेकपा एमाले जनताको अपेक्षा अनुसार बिकास निर्माणमा प्राथमिक्ता दिने भएकाले जनताले रुचाएका छन् । एमालेको नेतृत्वले मात्रै जनताको सुखद् भबिष्य निर्माण हुने उहाँले बताउनुभयो । अहिले राज्य नै एमालेमय भएकाले स्थानिय तहको निर्वाचनमा जनताले नेकपा एमालेलाइ अत्याद्यिक मतले बिजय गराउनमा बिश्वस्त रहेको उहाँले बताउनुभयो । नेपालगन्जको समृद्ध र बिकासका लागी नेपालगन्जवासी जागरुक हुन आवश्यक छ नेपालगन्ज उपमेयर पदका उम्मेद्वार शान्ति ढकालले भन्नुभयो । नेपालगन्जमा एमालेले स्थानिय तहको निर्वाचनमा बिजय हासिल गरे नेपालगन्ज उपमहानगरपालिकालाइ देशकै नमुना शहरका रुपमा विकास गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य दिपा शर्मा, नेकपा एमालेका केन्द्रिय सदस्य हारुन हल्वाई,नेकपा एमाले लेखा आयोगका सदस्या विजया धिताल, नेकपा एमाले जिल्लाको पुर्व अध्यक्ष निरक गुरुङ्ग लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम संचालन गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology