(Friday 30th of October 2026)
`

राजनिती क्षेत्रमा अब्बल मानिएका नेपालगन्ज १६ का वडाअध्यक्ष पदका उम्मेद्वार कवाडिया

  • सगरमाथा गन्तब्य
  • 7.6K
    SHARES

    नेपालगन्ज : स्थानिय तहको निर्वाचन तिब्रताले नजिकदै गरेको छ । निर्वाचन नजिकिदै गर्दा जनप्रतिनिधिका लागि होडवाजी चलेको छ । बैशाख ३० गते स्थानिय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु भएको हो ।
    नेकपा एमालेबाट नेपालगन्ज उपमहानगरपपालिका वडा नं १६ को वडा अध्यक्षका पदका उम्मेद्वार इकरार अलि कवाडिया उम्मेद्वारी मनोनयन दर्ता गनुभएको छ । नेकपा एमालेका उम्मेदवार कवडियालाई जिताउन स्थानियवासी घरदैलो अभियान जुटेका छन् । नेपागन्ज वडा नं १६ को टोल टोलमा निर्वाचनलाइ लक्षित गरेर घरदैलो अभियान सुरु गरिएको छ । वडाअध्यक्ष पदका उम्मेद्धार तथा युवा नेता कवडिया स्थानिय जनताको माझ निकै परिचित र जनसहयोगी भावनाका कारण स्थानियवासीको मनमुटुमा बस्न पुगेका छन् । तहको निर्वाचनमा विजयी हुने पक्का नै रहेको त्यहाँका स्थानीय बताउँछन् । जनताको हरेक समस्यामा अहोरात्र खट्ने वडाअध्यक्ष पदका उम्मेद्वार कवाडिया समाजसेवाको एक अब्बल नेतृत्वकर्ताका मध्य एक हुन् । लामो समयसम्म समाजसेवामा कार्यरत रहेनुभएका कवाडिया जनताको साथ सहयोग पाएको हुनाले वडा अध्यक्षको जिम्मेवारी लिइर वडावासीको सेवा गर्न तम्तयार रहेको उहाँले बताउनुभयो । स्थानीय जनप्रतिनिधी भएर आइसकेपछि जनताको चाहना अनुसार मेरो नेतृत्वमा रहेको टिमले बिकासका थुप्रै काम गरेर देखाउने प्रतिवद्धता उहाँले गर्नुभयो । आफुमा भएको क्षमता र विवेकले भ्याएसम्म विकासको चटारो वडावासीका जनतालाई दिन चाहन्छु उहाँले भन्नुभयो । स्थानीय जनप्रतिनिधी भएर आइसकेपछि वडामा  शिक्षा, स्वास्थ्य, सरसफाई र सामाजिक विकासमा बढी जोड दिने बताउनुभयो । नरन्तर जनताको समस्या पहल्याउदै फिल्डमा खटिने भएको हुनाले जनताको चाहना बमोजिम वडाअध्यक्षको पदमा उम्मेद्वारी रहेको उहाँले बताउनुभयो । जनताकोे चाहना अनुसारको सबै खाले बिकास गरेकाले वडावसीले आफु प्रतिको माया र साथ सहयोगले उम्मेद्वारी दिन उत्प्रेरिणित भएको छु उहाँले भन्नुभयो । अवको ५ बर्ष जनताले अपेक्षा गरे अनुसार बिकासमा जोड दिने उहाँले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology