नेपालगन्ज : नेकपा एमालेले निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रम गरेको छ । आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनलाइ लक्षित गरेर नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा मंगलवार निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रम गरेको हो । निर्वाचन परिचालन कमिटी घोषणा एक कार्यक्रमका बिच नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिका उपमेयर पदका उम्मेद्वारशान्ति ढकालले कार्यक्रम समारोहमा बोल्दै नेकपा एमाले जिताउ अभियान तराइ देखी पहाड सम्म संचालनमा रहेको बताउनुभयो । नेपालगन्जकोे बिकासको लागी २३ सै वटा वडाको वडावासीले मेयर उपमेयर सहित सात का सात छाप सुर्यमा लगाएर नेकपा एमालेको स्थानिय तहको सरकार बनाउन सकेउ भने मात्र बिकास निर्माणको कार्य अगाडी बढ्न सक्ने नारा सहित घरदैलोमा जुटेको बताउनुभयो । एमालेले बनाएको घोषण पत्र अनुसार नेकपा एमालेले बिकास निर्माणका कार्य गर्ने उहाँको भनाइ रहेको छ ।
स्थानिय तहको निर्वाचन तिब्रले नजिकीलै गरेकोले अव हामी निर्वाचन परिचालन कमिटीले एमालेलाई जिताउन महत्वपुर्ण
भुमिका खेल्नुपर्ने नेकपा एमालेका नगर अध्यक्ष दत्त प्रसाद आचार्यले बताउनुभयो । जनताले एमालेलाइ गरेको विश्वास र मायाले अवको चुनाब भारी मतले जित्नुमा बिस्वस्त रहेको उहाँको भनाइ छ । नेकपा एमाले जनताको साझा पार्टी हो नेकपा एमाले सह इन्चार्ज दिपा शर्माले भन्नुभयो । नेपालगन्ज वडा नं ४ मेयर पदको उम्मेद्वारको वडा समेत रहेकोल वडा नं ४ ले एमाले जिताउ अभियानमा बिशेष जोड दिन उहाँले आग्रह गर्नुभयो । एमालेले निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रम नेकपा एमाले पार्टीका वडा कमिटीको अध्यक्ष चेतबहादुर गुरुङको संयोजकत्वमा १ सय ५१ जना सदस्यीय कमिटी गठन गरिएको छ । उक्त कमिटी घोषणा संगै निर्वाचनका लागि आवश्यक जिम्मेवारी बाँडफाँड गरिएको छ । उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका उपमेयर पदका उम्मेद्वार शान्ति ढकाल, नेकपा एमालेका नगर अध्यक्ष दत्त प्रसाद आचार्य, नेकपा एमाले सह इन्चार्ज दिपा शर्मा, नेकपा एमाले केन्द्रिय लेखा समिती संयोजक बिजया धिताल, नेकपा एमाले नेपालगन्ज ४ का इन्चार्ज भिमराना भाट लगाएतको उपस्थितीमा उक्त कार्यक्रम संचालन गरिएका थियो ।
