(Friday 30th of October 2026)
`

नेपालगन्जका उम्मेदवार र कर्मचारीहरु विच परिचयात्मक कार्यक्रम

  • सगरमाथा गन्तब्य
  • 10.7K
    SHARES

    नेपालगन्ज – बैशाख ३० गते हुने निर्वाचन लागी नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका उम्मेदवार र कर्मचारीहरु विच परिचयात्मक एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले जनबर्गी्रय संगठन नेपाल निजामती कर्मचारी संगठन , राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालगन्ज उपमहानगरपालिका ईकाई कमिटीको आयोजनामा उम्मेदवार र कर्मचारीहरु विच परिचयात्मक एवम् छलफल कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका सूचना अधिकारी एवं नेपाल निजामती कर्मचारी सगंठन जिल्ला कार्य समिती बाकेका अध्यक्ष देविलाल चौलागाई, राष्ट्रिय स्वास्थ्यकर्मी सगंठनका पुर्व जिल्ला अध्यक्ष तथा केिन्द्रय सल्लाहकार परिषदका अध्यक्ष राम बहादुर चन्द, एमालेका जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपती लगायतले शुभकामना मन्तव्य राख्नुभयो । नेकपा एमाले जनताले समस्या पहिल्याउदै जनहितमा काम गर्ने जनताले रुचाएको पार्टी रहेकोले एमालेको जित सुनिश्चित रहेको नेकपा एमाले जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपती बताउनुभयो । उहाँले भन्नुभयो राज्य एमालेमय बनेको छ । जता ततै केपि ओली र एमालेको चर्चा छ ।

    अवको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेकोे जित रोक्न कसैले सक्दैन । नेकपा एमालेका हरेक उम्मेद्वारले आन्तरिक एकतालाई मजबुत बनाउदै अघि बढ्न आवश्यक छ उहाँले भन्नुभयो । नेकापा एमालेको जितका लागि कर्मचारी संगठनको भुमिका र योगदान महत्वपूर्ण रहन्छ । यसकारण अब सुस्म तरिकाले निर्वाचन जिताउने प्लानिङ गरौं जिल्ला अध्यक्ष कक्षपतिले भन्नुभयो । नेपालगन्ज उपमहानगरपालिका मेयर पदका उम्मेद्वार पशुपति दयाल मिश्राका अनुसार नेकपा एमालेलाइ जिताउनका लागी अग्रसर हुन आवश्यक छ । कार्यक्रममा बोल्ने बक्ताहरुले भन्नुभएको कुरा ,यस कार्यक्रमले महत्तवपूर्ण भुमिका खेल्ने छ । ,मुलुकको राजनितलिाई सहि रुपमा लैजान एमालेको जित आवश्यक छ । ,सुर्यको ध्वजाबाहक उम्मेद्वार जिताउनु एकमात्र उदेश्य हुनुपर्छ ।, एमालेका निति विचार र कार्यक्रम बारे जनतालाई जानकारी दिन आवश्यक छ । नेपाल निजामती कर्मचारी संगठन नगर ईकाई कमिटीका संयोजक मनराज थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रम निर्वाचन का लागि प्रचारप्रसार गर्न सहयोग होस भन्ने उदेश्य ले सो कार्यक्रमको आयोजना गरिएको हो । े उक्त कार्यक्रका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका मेयर पदका उम्मेद्वार पशुपति दयाल मिश्र ,अतिथि ःनेपालगन्ज उपमहानगरपालिका उपमेयर पदका उम्मेद्वार शान्ती ढकाल, नेकपा सह इन्चार्ज दिपा शर्मा, नेकपा एमाले जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपती, उपस्थितीमा उक्त कार्यक्रम गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology