(Friday 30th of October 2026)
`

एमाले खजुराले ग¥यो ११२ बुंदे प्रतिवद्धता पत्र सार्वजनिक, सबै बुंदा कायम गरेर देखाउँछौं ः मल्ल

  • सगरमाथा गन्तब्य
  • 7.4K
    SHARES

    नेपालगन्ज ः नेकपा एमाले खजुरा गाउँपालिका कमिटीले स्थानीय तह निर्वाचनका लागि ११२ बुँदे प्रतिबद्धता पत्र सार्वंजनिक गरेको छ । मंगलबार खजुरामा एक समारोहको आयोजना गरि एमाले खजुराले प्रतिबद्धता सार्वजनिक गरेको हो । ११२ बुंदे प्रतिवद्धता पत्र हामीले कुनै हालतमा पनि लागु गरेर देखाउने बाचा अध्यक्ष पदका उम्मेद्वार सुमन मल्लले जानकारी गराउनुभयो । खजुरावासीले यो प्रतिवद्धतापत्र सुरक्षित राख्नुस पुरा भएन भने हामीलाई भन्नुस् मल्लले भन्नुभयो ।
    एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति, सचिव रत्न खत्री, गाउँपालिकाका उपाध्यक्ष एकमाया विकलगायत, खजुरा गाउँपालिकाको एमालेतर्फका अध्यक्ष उम्मेदवार सुमन मल्ल, उपाध्यक्षको उम्मेदवार नजिरा बेगमलगायतले संयुक्तरुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
    काठमाडौंंको बुढानिलकण्ठ स्कुलको मोडलमा खजुरामा एउटा विद्यालय सञ्चालन गर्ने, माध्यमिक तहका सबै विद्यालयहरुमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने, मेरो खजुरा म सफा गर्छु भन्ने मूल नाराका साथ स्वच्छ खजुरा महाअभियान सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख छ ।
    त्यसैगरी ५ वर्षभित्र खजुराका सबै ग्राभेल सडक कालोपत्रे गर्ने, कृषकलाई उत्पादनका आधारमा अनुदान दिने व्यवस्था गरिने, युवाहरुमा उद्यमशीलताको विकास गर्न २० करोडको उद्यमी युवा घुम्ती कोषको स्थापना गरिने र त्यसबाट ५ वर्षमा २ हजार युवा उद्यमी बनाउने लक्ष्य रहेको छ ।
    कार्यक्रममा एमालेबाट खजुरा गाउँपालिका अध्यक्षका उम्मेदवार मल्लले काम गरेर देखाउन प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । उहाँले खजुरावासीलाई प्रतिबद्धता पत्रलाई सिरानीमा राखेर सुत्न र कार्यान्वयन भए नभएको मूल्यांकन गर्न अनुरोध गर्नुभयो ।
    प्रतिबद्धता पत्र सार्वजनिक गर्दै एमाले खजुरा अध्यक्षका उम्मेदवार सुमन मल्लले यो प्रतिबद्धता पत्र सिरानिमा सुरक्षित राख्न भन्नुभएको छ । यो प्रतिबद्धता पत्र सुरक्षित राख्नुस, अनि गाउँपालिका आउँदा लिएर आउनुहोस् एउटा एउटा बुंदाहरु कार्यान्वयन भएको देख्न सक्नुहुनेछ, मल्लले आफु काम गर्नकै लागी चुनावमा होमिएको समेत बताउनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology