नेपालगन्ज ः स्थानीय तहको निवार्चन तिब्रले नजिकीदै गरेको छ । बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागी बाँकेको बिभिन्न पार्टीका उम्मेद्वारले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् । बाँकेको ८ वटै स्थानीय तहको बिभिन्न पार्टीका उम्मेद्वारले सोमवार उम्मेद्वारी मनोनयन दर्ता गरेको हुन । यस्तै आसन्न बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल नेपालगन्ज उपमहानगरपालिका वडा नं २ मो वडाअध्यक्ष पद्का उम्मेद्वार आशा बिष्टले उम्मेद्वारी मनोनयन दर्ता गर्नुभएको छ ।
२०७४ सालको स्थानीय तहको निवार्चनमा नेपालगन्ज उपमहानगरपालिका वडा नं २ मा वडासदस्य समेत रहनुभएको वडाअध्यक्ष पद्का उम्मेद्वार बिष्टले उम्मेद्वारी मनोनयन दर्ता गर्नुभएको हो । १५ बर्ष लामो समय देखी जनताको सेवामा निरन्तर फिल्डमा खसटिरहने बिष्टले जनताको साथ र सहयोगले वडा अध्यक्षका लागी उम्मेद्वारी दिन प्रेरिणत भएको बताउनुभयो । मैले गरेको कामहरुको मुल्याङकन गर्दै जनताले मलाई अत्यधिक मतले बिजय गराउनु हुनेमा म बिस्वस्त छु वडाअध्यक्षका पद्का उम्मेद्वार बिष्टले भन्नुयभयो । उम्मेद्वारी मनोनयन दर्ता लगत्तै वडा नं २ वडा अध्यक्षका उम्मेद्वार बिष्टले वडा बिकासको लागी प्रतिबद्धता जनाउनु भएको छ । उहाँले भन्नुभयो म स्थानीय तहको निवार्चनमा बिजय भइ जनप्रतिनिधी भएर वडामा आएपछि वडासदस्य हुदा जनताको लागी गर्न चाहादा चाहादै पनि पुरा गर्न नसकेकोे कामहरुलाई पूरा गर्ने छु । म वडामा भ्रष्टचार गर्दिन गर्न पनि दिन्न । जनताकोे चाहाना अनुसारको बिकासलाइ पहिलो प्राथमित्ता दिनेछु । म सदैब वडाको बिकासमा ईमानदारी पुर्वक काम गर्ने छु । वडामा पक्षपात नगरी बिकासमैत्री वडा बनाउन पहल गर्ने छु । उहाँले वडामा शिक्षा क्षेत्रमा, कृषि, स्वास्थ्यमा पहिलो प्राथमिक्ता रहेर्को प्रतिबद्धता जनाउनुभएको छ । उहाँले भन्नुभयो म जनताको घरदैलोमा पुग्दा राम्रो प्रक्रिया र साथ पाएको छु । जनताले गरेको स्नेह र बिसुवासलाइ उच्च मुल्याङन गर्दै अवको निवार्चन जित्नमा शंका नरहेको बताउदै प्रतिबद्धता व्यक्त गर्नुभयो ।
