राप्तिसोनारी । बाँकेको राप्तिसोनारी गाउँपालिकामा नेकपा एमालेले अध्यक्षमा रामादास थारु उपाध्यक्षमा चमेली बाकाबल र वडाअध्यक्ष र वडासदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बाजागाजा र ¥याली नारा जुलुस सहित प्रत्येक वडाबाट नेकपा एमालेलाई माया गर्ने नेता कार्यकर्ता र जनताहरु मनोनयन दर्ता कार्यक्रम उत्साहजनक तरिकाले सहभागी भएका थिए । मनोनयन दर्ता कार्यक्रममा प्रदेश सांसद आरती पौडेल, जिल्ला कमिटी सदस्य बलराम भट्टराई, नेकपा एमालेका नेता एकनारायण चापागाईं र अनेरास्ववियुका नेता सुमन घिमिरे लगायतको बाक्लो उपस्तिथि रहेको थियो ।
राप्तिसोनारी गाउँपालिकाको अध्यक्षमा रामदास थारुले उम्मेदवारी मनोनयन दर्ता गराए भने उपाध्यक्षमा पदमा चमेली बाकाबलले उम्मेदवारी मनोनयन दर्ता गराएकि छिन् । यस्तै वडा अध्यक्षहरुमा १ नम्बर वडाबाट यमबहादुर खड्का, २ बाट ज्ञानेन्द्रराज वली (ज्ञान),३ बाट मिनकुमार थारु, ४ बाट नोखबहादुर बुढामगर,५ बाट बालकराम थारु, ६ बाट बनिलाल थारु ,७ बाट बिश्राम थारु, ८ बाट शालिकराम डाँगी र वडानम्बर ९ बाट सोहनलाल थारुले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । मनोनयन गर्ने ११ र १२ गते एमाले र स्वतन्त्र उम्मेदबार सहित चार दलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
