नेपालगन्ज ः राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालगन्जका उम्मेद्वारले उम्मेद्वारी दर्ता गरेका छन् । राप्रपाले नेपालगन्जमा भव्य रुपले ¥याली गर्दै उम्मेद्वारी दर्ता गरेका हु्न् । आइतवार राप्रपाका महामन्त्री तथां नेपालगन्ज उपमहानगरपालिकाको मेयर धवल शम्शेर राणाको बिशेष उपस्थितिमा उम्मेद्वारी दर्ता गरिएको हो ।
राप्रपाका उम्मेदवार र जनताले बाजागाजा सहितको ¥याली निकाली उम्मेद्वारी दर्ताका लागी निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन् । राप्रपाले पालिका स्तरमा पनि उम्मेदवारी दर्ता गरिसकेको छ । राप्रपाले नेपालगन्जमा नन्दलाल वैश्यलाई मेयर र विन्दु चर्ति मगरलाई उपमेयरको उम्मेद्वार घोषणा गरेको छ । राप्रपाले नेपालगन्ज उपमहानगरपालिकाको २३ वटै वडामै उम्मेदवारी दर्ता गरिसकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयरका उम्मेद्वार नन्दलाल बैश्यले जानकारी गराउनुभएको छ ।
उहाँले भन्नुभयो नेपालगन्जका निमुखा जनताले अपेक्षा गरेको सडक व्यवस्थापन, बिद्युत व्यवस्थापन, बिद्यालय व्यवस्थापन, ट्राफिक व्यस्थापन , उद्योग व्यवस्थापन, ठेलागाढा व्यवस्थापन , महिलाहरुलाइ रोजगारको व्यवस्थापन लगायका बिकासलाइ मध्यनजर गर्दै नेपालगन्ज मेयरमा उम्मेद्वारी दिएको छु । उहाँका अनुसार राप्रपाले नेपालगन्ज उपमहानगरपालिकाको वडा नं। १ मा अध्यक्ष पदका उम्मेद्वार तारामान कुँवर, वडा नं २ मा अध्यक्ष पदका उम्मेद्वार मनोज श्रेष्ठ, ३ वडा नं अध्यक्ष पदका उम्मेद्वार अमन गुप्ता, वडा नं ४ मा अध्यक्ष पदका उम्मेद्वार इन्दिरा शाही, वडा नं ५ मा अध्यक्ष पदका उम्मेद्वार मन्जु बादी, वडा नं ६ मा अध्यक्ष पदका उम्मेद्वार रविन्द्र थापा, वडा नं ७ मा अध्यक्ष पदका उम्मेद्वार हर्क बहादुर गुरुङ, वडा नं ८ मा अध्यक्ष पदका उम्मेद्वार रजनिस वाजपेयी, वडा नं ९ मा अध्यक्ष पदका उम्मेद्वार बिक्रम खरेल, वडा नं १० मा अध्यक्ष पदका उम्मेद्वार श्रवण श्रेष्ठ, वडा नं ११ मा अध्यक्ष पदका उम्मेद्वार सलाउद्दिन जसगढ, वडा नं १२ मा अध्यक्ष पदका उम्मेद्वार धु्रवराज बर्मा, वडा नं १३ मा अध्यक्ष पदका उम्मेद्वार विपिन श्रीवास्तव, वडा नं १४ मा अध्यक्ष पदका उम्मेद्वार हरदेव वक्स चौधरी, वडा नं १५मा अध्यक्ष पदका उम्मेद्वार साकिर अलि राई, वडा नं १६ मा अध्यक्ष पदका उम्मेद्वार रोशन अलि जोलाह, वडा नं १७ मा अध्यक्ष पदका उम्मेद्वार धर्मराज यादव, वडा नं १८ मा अध्यक्ष पदका उम्मेद्वार भेषराज चौलागाईं, वडा नं १९ मा अध्यक्ष पदका उम्मेद्वार धनराज कादु, वडा नं २० मा अध्यक्ष पदका उम्मेद्वार नभराज सापकोटा, वडा नं २१ मा अध्यक्ष पदका उम्मेद्वार रामफेरन कोरी, वडा नं २२ मा अध्यक्ष पदका उम्मेद्वार चेतबहादुर घर्ती मगर वडा नं २३ मा अध्यक्ष पदका उम्मेद्वार शोभाराम खटिकले उम्मेद्वारी दर्ता गरेका छन् ।
राप्रपाले कोहलपुर नगरपालिका मेयर पदका उम्मेद्वार प्रदीपकुमार शाह उपमेयर पदका उम्मेद्वार सावित्री घिमिरेलाइ उम्मेद्वार बनाएको छ । यस्तै राप्रपाले खजुरा गाउँपालिकामा अध्यक्षका उम्मेद्वार धनसिंह राना, उपाध्यक्ष पदका उम्मेद्वार तिलकुमारी हमाल, बैजनाथमा गाउपालिकामा अध्यक्षका उम्मेद्वार तारकसिंह थारू, उपाध्यक्ष पद्का उम्मेद्वार जयलक्ष्मी शाह, राप्तिसोनारी गाउपालिकामा अध्यक्ष पदका उम्मेद्वार भुपेन्द्र ओली, उपाध्यक्ष पदका उम्मेद्वार शोभा ओलीलाइ उम्मेद्वारी बनाएको राप्रपा जिल्ला अध्यक्ष नरेन्द्र पौडेलले जानकारी गराउनुभयो । राप्रपाले नरैनापुर गाउपालिका र डुडुवा गाउपालिकामा सोमबार उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।
